साझा नेटवर्क
प्रेम सुनार, गुल्मी कार्तिक २० ।
अर्घाखाँचीमा शिक्षक वेपत्ता भएको एक महिना हुँदै गर्दा त्यहाँका् प्रहरीले एक जना ब्यक्ती झुण्डिएको अवस्थामा फेला परेको छ भनेर सुचना प्रवाह गरेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीले दिएको सुचनाको आधारमा शव चिन्नै नसक्ने अवस्थामा रहेको छ ।
असो्ज १६ गते मागी विवाह गरी असोज २२ गते आइतबार दिउसो १२स्३० ( ०१ बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँ पालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता( कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो । मृतकका आफन्त अझै आईपुगेका छैनन् ।
आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ । आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रदिपकुमार बिसीका अनुसार उक्त शव परिवारले दिएका हुलियाका आधारमा उनैक हुन सक्छ ।
उनले भने त्यस आधारमा परिवारका सदस्यलाई वोलाईएको छ भोली सम्म थाह हुन्छ । हामी संग परिवारका सवै सदस्यको मोवाईल नम्वर रहेको छ । सवै संग सम्पर्क राख्दा सवैको फोन सम्पर्क विहिन छ ।
स्थानियबासीले दाउरा( घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् ।
३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।
बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए ।
नव दुलही दुलहा वेपत्ता भएदेखि नै वेला वेलामा अचेत हुँदै आएकी छन् । यस घटनालाई रहस्यमय रुपमा लिईएको छ । नव दुलही गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर पणेनी गाउँपालिकामा त्यस टिमको कमाण्डर तोकेर प्रहरीले पठाएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend