logo
  • शुक्रबार, असोज ९ २०८३

लोक दोहोरीदेखि सुगम सङ्गीतसम्म ठकुरी (भिडीयो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिष्णु अधिकारी, साझा नेटवर्क कतार ।
थुप्रै लोक दोहोरी तथा देशभक्तिका गितहरुमा अाफ्नो छुट्टै पहिचान बनाइ सकेका चर्चित लोक गायक राजन ठकुरी पछिल्लो समय आधुनिक गीत तर्फ आकर्षित भएका छन् । लोक गीत संगीतमा राम्रा शब्द सिर्जना गर्ने तथा लय टिपेर गीत गाउँने ठकुरी यतिबेला आधुनिक गीतको एल्वम बजारमा पस्कने तयारीमा छन् ।

यहि तयारीको बीचबाट उनको संगीतमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ ।
ठकुरीको संगीत रहेको “नियती” एल्बमबाट “आँखाभरी आशु” बोलको आधुनिक गित सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तले आवाज दिएकी छिन् ।

युनिशा हमाल ठकुरीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन र धिरजजंग शाहले छ्याङ्कन गरेका छन् ।

गितको भिडियोमा योगराज पाण्डे र युनिशा हमाल ठकुरीले अभिनय गरेका छन् । आर्दश डिजिटलले निर्माण गरेको उक्त गितलाई ठकुरी कै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend