साझा नेटवर्क
प्रेम सुनार, गुल्मी कार्तिक १९।
८० नाघेकी बृद्धा । सेतै फुलेको कपाल । दाँत पनि खसी सकेका छन् । श्रीमानको मृत्यु भएको २९ वर्ष भयो भन्छिन उनै रेसुङ्गा नगरपालिका वडा नम्वर ११ की टोपकली टण्डन ।
पाल्दै आएका छोराको एक वर्ष अघि मृत्यु भयो उनले भन्नि ‘ बुढेशकालमा यहि बृद्ध भत्ता साहरा भएको छ । ’ रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शुक्रवार देखि बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता वडा वडा र अशत्तलाई घर घर मै पुगेर वितरण गर्ने कार्य सुरु गरेका छन् ।
मेयर गाउँ–गाउँ र घर–घरमा पुगेर भत्ता बाँढन सुरु गरेको देखेर थप खुशी थिए । उनि जस्तै थुप्रै बृद्धा र बृद्धहरु ।२० वर्ष अघि श्रीमानको मृत्यु भएकी रुपकला खत्रीले पनि श्रीमानको मृत्यु पश्चात बृद्धा भत्ता साहरा भएको बताईन् । रुमकला राना त पुत्र शोकमा भएर गहभरी आँशु पारी रहेकी थिईन् ।
३५ वर्षको छोराको भारतमा केहि दिन अघि मृत्यु भयो उनले गहभरी आँशु पार्दै भनिन–‘ हिजो मात्र क्रियाक्रम १० वर्षको नातीले ग¥यो , क्रियाक्रमको ऋणले अक्कनबक्क भएर बसेकी थिएँ , यहि वेलामा बृद्ध भत्ता पाउँदा सास फेर्न पाएकी छु ।
एउटा हातले उनका आँशु पुछ्ने गरी अर्को हातमा बृद्ध भत्ताको रकम हस्तान्तर गर्न लागेको मेयर भुसाल पनि केहि वेर उनलाई देखेर भावुक भए । ९४ वर्षकी बृद्धा होमी कुँव।लाई ४ महिनाको बृद्ध भत्ता दिदै मेयर भुसालले भने आमा, यो रकम अरु कसैले दिएको होईन सरकारले दिएको हो , है ।
रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम अर्यालका अनुसार यस अघि कृषि विकास बैकमा धाउँदा बृद्ध बृद्धाहरुले सास्ती खेपेको पाए पछि मेयर भुसालले प्रभु बैकमा प्रत्येको खाता खोल्न लगाएर उनै बैकका कर्मचारीहरुलाई गाउँ गाउँमा पुगेर भत्ता रकम हस्तान्तरण गराउन थालिएको हो । वडा नम्वर ११ मा अपाङ्ग ११ जना जेष्ठ नागरिक १७५ सहित कुला १८३ जनालाई भत्ता वितरण गरिएको छ ।
वडाध्यक्ष धनबहादुर रानाले नियमित प्रशासनिक सेवालाई समेत सरल पार्दै आएको सेवाग्राहीले बताए । पहिला तम्घास धाउनु पर्दथ्यो तुलबहादुर सार्कीले भने –‘ अहिले त घर नजिकै भत्ता पनि अरु काम पनि तुरुत्तै गराउन पाईएको छ । कार्यकारी अधिकृत अर्यालका अनुसार नगरपालिकाका १४ वटा वडाहरुमा कुल ३ हजार ४६ जनालाई सामाजिक सुरुक्षा भत्ता बाँढिदै छ ।
मेयर भुसाल प्रत्येक वडा र घर घरमा आफै पुगेर वितरण गर्न पुग्ने बताए । उनि सैगै पुगेकी उप मेयर सिता भण्डारीले महिलाहरु संग घरयासी थिचोमिचो वा अन्य कुनै पनि समस्या परे फोन गर्न वा वडा मार्फत आफुलाई सुचित गर्न आग्रह गरिन् ।
जनप्रतिनिधीहरु आए संगै हरेक गाउँमा नियमित सेवाहरुलाई यसरी नै सहज पारिदै लगिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend