logo
  • शुक्रबार, असोज ९ २०८३

चन्द्र भण्डारी वेलायतको प्रधानमन्त्री मात्र नभई अमेरिकाको समेत राष्ट्रपति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक १८ ।
शुक्रबार गुल्मीको सदरमुकाम तम्घसमा पत्रकार सम्मेलनमा चन्द्र भण्डारीले बोलेको कुरा निकै चर्चामा आएको छ ।

भुलवस वेलायको प्रधानमन्त्री आफु बन्नु पर्ने दावा भण्डारीले गरेको समाचार आए पनि भिडियो हेर्दा–सुन्दा उनले आफु वेलायत कि त अमेरिकाको राष्ट्रपति बन्नु पर्ने दावा गरेको पाईएको छ ।

पत्रकार सम्मेलनमा भण्डारीले एकदम हड्बडिदै भनेका छन्–‘गुल्मीमा मैले यति धेरै विकास गरे कि म त बेलायत कि त अमेरिकाको राष्ट्रपति हुनु पर्ने हो । उनको यो भनाईलाई समाजिक सञ्जालमा विपक्षीहरुले निकै व्याङ्ग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend