logo
  • शुक्रबार, असोज ९ २०८३

बाम गठबन्धनको चुनावी अभियान बागलुङको सिसाखानीमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ कार्तिक १८ ।
बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र नम्बर २ क काे बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीमा सम्पन्न भएकाे छ । कार्यक्रम नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागर प्रमुख अाथित्याता रहेकाे थियो कार्यक्रममा बाेल्दै यस ठाउकाे सिसाखानी फलाम खानी तामाखानी खुलाउन र यसको थप अनुसन्धानमा गर्ने अाफुले पहल गर्ने बताए ।
धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रकाे बिकाश गरि यस ठाउकाे घाटु नाचलाई संरक्षण र सम्बद्घन गरि यस ठाउकाे बिकाशमा अाफु।कटिबद्ध भएकाे बताए । कार्यक्रमलाई बिपक्षी प्रतिकृयाबादिले बामपंथीले अतिबाद लगाएर एकदलीय सासन चलाउछन भन्ने हल्लाकाे पछि नलाग्न अाम कार्यकर्तालाई अाग्रह गरे ।

कार्यक्रममा नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समितिका सदस्य एव जिल्ला सह संयाेजक राजिव घिमिरेले ५ बर्षे ठुक्क भएर सरकार चलाउने सक्ने र देशलाई कार्यकारी राष्ट्रपति तथा प्रधानमन्त्री प्रणालिमा लैजान याे गठबन्धन भएकाे बताए ।

नेकपा एमाले संघिय मामिला तथा स्थानीय बिकास बिभागका केन्द्र सदस्य सुनिल शेरचनले बामपंथीकाे कार्यगत एकताले बिपक्षी अातिएकाे बताए । बिगतमा धेरै पटक नेपाली काङ्ग्रेसले सत्ता चलाएकापनि नेपाली जनताकाे मुहार खुसि नभएकाे बताए ।

अखिल नेपाल जनजाति सम्मेलन बागलुङ जिल्ला अध्यक्ष तथा राजमाेका प्रतिनिधी; मेख बहादुर पाईजाले यस ठाउबाट २चाेटि काङ्ग्रेसले जिते पनि यस क्षेत्रका जनताले बिकाशकाे अनुभुती हुने गरि काम गर्ने नसकेकाे दावि गरेका छन। साेहि अवसरमा बाेल्दै बडिगाड गाउँपालिका वडा न ३ का वडा अध्यक्ष खड्ग बहादुर पुनले याे गठबन्धन एेतिहासिक भएकाले गठबन्धनका साझा उमेदवारलाई धेरै भन्दा धेरै मतले जिताउन अाग्रह गरे ।

त्यस्तै एमालेका हुम बहादुर धर्तीले प्रतिकृयाबादिकाे सामना गरि पुराना तिक्ततालाई भुलेर बामपंथीले गरेका कामलाई जनतामाझ पुर्ाएर जनताकाे मन जित्न अावश्यक रहेकाे बताए । कार्यक्रममा निर्वाचन परिचालन समितिमा कृष्ण बहादुर थापकाे संयाेजकमा ४२ मुल निर्वाचन परिचालन कमिट गठन गरेकाे छ ।

कार्यक्रम नेकपा माअाेवादि केन्द्र बडिगाड गाउपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादु थापाकाे अध्यक्षता राजमाे बडिगाड गाउँपालिका वडा ३ का कमिटि अधक्ष नर बहादुर पटेलकाे स्वागत सन्दिप पुनकाे संचालनमा सम्पन्न भएकाे छ ।

भिमगिठेमा बाम गठबन्धनकाे ४१ सदस्यीय टाेल निर्वाचन प्रचार समित गठन

अासन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यकाे निर्वाचनलाई केन्द्रित बाम गठबन्धनले बडिगाड गाउँपालिका वडा न ७ काे माझखर्कमा टाेल प्रचार प्रसार समिति गठन गरिएकाे छ । टाेल प्रचार प्रसार समितिमा देव बहादुर बुढाकाे संयाेजकमा ४१ सदस्यीय चुनावि प्रचार प्रसार समिति गठन गरिएकाे छ।

जसकाे उप संयाेजकमा हेम प्रसाद श्रीष रहेका छन कार्यक्रम नेकपा माअाेवादिका जित बहादुर थापा एमालेका गंगा गुरुङ कृष्ण भट्टराई राजमाेका अाेम बहादुर बुढा लगाएतले बाेलेका थिए । कार्यक्रममा माअाेवादिका जिल्ला सदस्य धन बहादुर बुढाकाे अध्यक्षता एमालेका खगेन्द्र बुढाकाे संचालन सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend