logo
  • आइतबार, असोज ११ २०८३

अपाङ्ग विद्यार्थी पनि सपाङ्ग सरह बाँच्न शिक्षा अनिवार्य छ : प्रधानाध्यापक पन्थी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शँकर भुसाल, गुल्मी कार्तिक १७ ।
गुल्मी को रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासको उपल्लो तम्घास माबि गुल्मी कै पहिलो र धेरै अपाङ्गता भएका बिधार्थी अध्ययापन गराउने बिधालय हो । यहाँ सुस्त श्रवण बिधार्थी १९ जना र बौद्धिक अपाङ्गता भएका १३ जना बिधार्थीले समाहित शिक्षा हासील गर्दै आईराखेका छन ।
२०५९ सालमा यस बिधालयमा दुई खालका फरक क्षमता भएका बिधार्थीको बिषेश शिक्षा शुरु गरिएको हो । शारिरीक रुपले अपाङ्ग भईकन पनि शिक्षा लिन र शिक्षित बन्न कुनै पनि व्यक्ती नछुटोस भन्ने उद्देश्यले अपाङ्ग सामाहित शिक्षाको सुरुवात गरिएको बिधालयका बर्तमान प्रधानाध्यापक राममणी पन्थीले बताउनु भयो ।
यस बिधालयमा ११ जना बिधार्थीबाट अध्यापन गराउन सुरु गरिएको समाहित शिक्षा अन्र्तगत दृष्टिबिहिन बाहेक सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका बिधार्थीले अध्यायन गर्ने गर्छन । यस बाहेक गुल्मीमा अरु दुई बिधालयमा अपाङ्ग भएका बिधार्थीहरुलाई अध्यापन गराईन्छ ।
जिल्ला शिक्षा कार्यलय गुल्मीको आर्थिक सहयोग र यस बिधालका प्रधानाध्यापक राममणी पन्थीको पहलमा बिधालयमा समाहित शिक्षा दिन थालिएको हो । हाल तिनजना शिक्षक र तिन जना आयाहरु यस बिधालयमा अपाङ्गको शिक्षा र रेखदेखको लागी राखिएको छ । “म त्यतिखेर भाडगाउँमा शिक्षक भएर अध्यापन गराईरहेको थिएँ ।

बिधालयमा पढ्ने दुई अपाङ्ग बिधार्थीलाई हेलाको भावले बोलाउने र व्यवहार गर्ने गरेको देखेर यि शरिरीक अपाङ्गको निम्ती छुट्टै अध्यापन गराउने व्यवस्था मिलाउन लागेँ त्यति नै बेला मेरो सरुवा उपल्लो तम्घास माबिमा भयो अनि यो प्रस्ताब मैले तत्कालिन बिधालय व्यवस्थापन समितिका अध्यक्षलाई राख्दा उहाँले स्वीकार्नु भएन ।

त्यसपछि म बिधालय व्यवस्थापन समिति तत्कालिन सदस्य गुणनिधि मरासिनि सँग मिलि प्रति १५,००० गरि कुल ३०,००० उठाई हामी दुई आफै कक्षा कोठा निर्माण गरि बिषेश शिक्षाको तालिम लिई गुल्मीका अपाङ्ग बालबालिकाहरुलाई जम्मा पारेर पढाउन थाल्यौँ ” बिधालयका प्रधानाध्यापक राममणी पन्थीले भन्नुभयो ।

त्यो समयमा अपाङ्ग हरुलाई पढाउन शिक्षकहरु नभएकोले म आफै अध्यापन गराउने र अपाङ्गको रेखदेख गर्न थालेँ । त्यसपछि सबै तिरबाट सहयोग आउन थाल्यो, बिधार्थी थपिँदै जान थाले र जिल्ला शिक्षा कार्यलयले पनि हरेक व्यवस्थापनमा सहयोग र अनुदान दिन थालेपछि यहाँसम्म आईपुग्यौँ प्रधानाध्यापक पन्थी सम्झीनुहुन्छ ।

अहिले हरेक अपाङ्गको लागी मासिक ४ हजार खर्च जिल्ला शिक्षा कार्यलयबाट व्यवस्थापन गर्दै आईराखेको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताउनुभयो । हामी सँग कुराकानी गर्दै जिल्ला शिक्षा अधिकारी शर्माले ति अपाङ्ग बिधार्थी हरुलाई मासिक ५०० व्यक्तीगत खर्चको लागी र शिक्षक हरुलाई खाना नास्ता तलब भत्ता पनि दिईँदै आएको बताउनुहुन्छ ।

गुल्मीमा तम्घास लगाएत रिमुवा र श्रृङ्गामा पनि समाहित शिक्षा दिईँदै आईराखेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जानकारी दिएको छ । श्रृङ्गामा दुई खालका फरक क्षमता भएका बिधार्थी हरुलाई शिक्षा दिईन्छ भने रिमुवामा दृष्टि बिहिनहरुलाई ब्रेन लिपिद्धारा अध्यापन गराईन्छ ।

श्रृङ्गमा ५ जना दुई खालका फरक क्षमता भएका बिधार्थीले अध्यायन गर्छन भने रिमुवामा १२ जना सबै दृष्टि बिहिनहरुले अध्यायन गर्ने गर्छन। यसै गरि गाउँघरमा पनि कुनै अपाङ्ग बालबालिकाहरु भएको भए समयमा नै बिधालयमा ल्याई कुनै पनि बालबालिकालाई शिक्षाबाट बँचित नगराउन उपल्लो तम्घास माध्यामिक बिधालयका प्रधानाध्यापक पन्थीले बताउनु भएको छ ।

साथै पन्थीले बिधालयमै अपाङ्गहरुको आवास को लागी होस्टेल बनाउन केहि रकमको जरुरत परेकाले स्थानिय सरकार, सँघ सँस्था, व्यवसायी तथा सहयोगी भाव भएका व्यक्तिहरुलाई सहयोगको लागी आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend