logo
  • शुक्रबार, असोज ९ २०८३

अाफुले जिते जनता सँगै रहने सागरकाे प्रतिवद्धता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ  कार्तिक १७ ।
बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र नम्बर २ क काे बडिगाड गाउँपालिका वडा नम्बर १ दगातुमडाँडामा सम्पन्न भएकाे छ । कार्यक्रम नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागर प्रमुख अाथित्याता रहेकाे थियो ।
कार्यक्रममा बाेल्दै हिजका तिक्ततालाई भुलेर देशकाे शान्ति सुरक्षा स्थाइत्व समृद्धि स्वाधीनताकाे रक्षाका लागी बाम गठबन्धनकाे याे महान अभियानलाई सफल पार्ने जनताकाे हाल भएकाले यसलाई सार्थकता दिने जिम्मा पनि जनताकै रहेकाे बताए । अब बन्ने सरकार दुई तिहाई सहितकाे हुने भएकाले दुक्क भएर चुनावी अभियानलाई सफल बनाउन अापिल गरे ।

कार्यक्रममा बाेल्दै खर्वाङबाट दगातुमडाँडा हुदै जलजला सिसाखानी दगा जाेड्ने माेटर बाटाे निर्माण र स्तर उन्तिका यस ठाउकाे कृषिकाे अाधुनिकरण खाने पानी धार्मिक स्थलहरुकाे संरक्षण गर्नेमा अाफु कटिबद्ध रहेकाे बताए । थप बाेल्दै अाफुले निर्वाचित भएर गए पनि जनता सगै रहेर यस ठाउकाे बिकाशका लागी याेजना बनाई अगाडि बढ्ने बताए ।

कार्यक्रममा बाेल्ने अधिकाश बक्ताले बागलुङकाे बिकाशका पुर्वधार बिकाश मध्ये शिक्षा स्वास्थ्य यातायात पर्यटन खाने पानि लगाएतका बिकाशका लागी प्रगतिशिल शक्तिले गर्ने सक्ने भएकाले अबकाे प्रतिनिधी सदस्य र प्रदेश सभा सदस्यीय का उमेदवारलाई जिताउन अाग्रह गरे । जनअान्दाेलनबाट प्राप्त उपलब्धि लाई रक्षा गर्दै संविधान स्वृकार्यतालाई बढाउन अब बामपंथी शक्तिले मात्र सम्भव भएकाे बताएका छन ।

नेकपा माअाेवादि केन्द्र केन्द्रीय अायाेजक समितिका सदस्य एव बागलुङ जिल्ला सह संयाेजक राजिव घिमिरे नेकपा एमाले प्रदेश न ४ का सदस्य प्रेम खरेल अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष एव राष्ट्रिय जनमाेर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजा नेकपा माअाेवादि केन्द्र केन्द्रीय अायाेजक सदस्य गंगा भुजेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य शान्ति अधिकारी बडिगाड गाउँ पालिका अध्यक्ष मेयरसिह पाईजा वडिगाड गाउँपालिका वडा १ का अध्यक्ष बाेम बहादुर थापा लगाएतले कार्यक्रममा बाेलेका थिए ।

कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानीय बिभाग सदस्य सुनिल शेरचन नेकपा एमाले जिल्ला कमिटि सदस्य बिना थापा राजमाेका नेता धन प्रसाद थापा नेकपा एमालेका पुर्व जिल्ला सदस्य दालेन्द्र शेरचन लगाएको अाथित्याता रहेकाे थियाे ।
कार्यत्रममा निर्वाचन प्रचार समितिमा बम बहादुर थापाकाे संयाेजकमा १ सय ५१ सदस्य गठनगरिएकाे छ ।

निर्वाचन परिचालनमा रेम बहादुर भुजेलकाे संयाेजकमा ९ सदस्य शिक्षक तथा बुद्धिजीवीमा बेद प्रसाद पाेखरेलकाे संयाेजकमा १५ सदस्य युवा परिचालनमा दिनेश थापाकाे संयाेजकमा ५१ सदस्यीय महिला परिचालनमा समान्ता सलामीकाे संयाेजकमा ५१ सदस्यीय र दलित परिचालनमा ढाल बहादुर सुनारकाे संयाेजकमा ७ सदस्य कमिटि गठन गरिएकाे छ।

कार्यक्रम नेकपा एमाले बडिगाड गाउपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम भुजेल अधक्षता नेकपा माअाेवादि केन्द्रका वडा १ का अध्यक्ष भक्त बहादुर नेपाली स्वागत केदार नेपालीकाे संचालनमा सम्पन्न भएकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend