logo
  • शनिबार, साउन ३० २०८३

मेलिना राईको “कहाँ जाउँला…” बोलको गीत जनजिब्रोमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी कार्तिक १७।
छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै जनजिब्रोमा गुञ्जिन सफल भएको छ ।
खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् । उक्त गीतमा अभिनय गरेका छन् त्यस चलचित्रका नायक विजय तिखातरी र नायिका शान्ति सापाकोटाले ।

भारतका विभिन्न चलचित्रमा अभिनय र निर्देशन कला सिकेर नेपाल फर्किएका धनगढीका युवा तिखातरी त्यस चलचित्रका निर्माता हुन भने निर्देशन गरेका छन् गिरिस रिजालले ।

काठमाण्डौ, नेपालगञ्ज, धनगढी र गुल्मीमा छायाङकन गरिएको चलचित्र नशा एक लत चेलिवेटी वेचविखन र लागुपदार्थ विरुद्ध जनचेतनामुलक कथा वस्तु समेटेर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend