साझा नेटवर्क
शंकर भुसाल गुल्मी कार्तिक १६ ।
गुल्मीमा दश हजार लगानीबाट च्याउ खेति सुरु गर्नु भएका एक व्यवसायीले अहिले झन्डै बार्षिक १२ लाख आम्दानी गर्न थाल्नु भएको छ । रेसुङ्गा नगर पालिका बसपार्क तम्घास गुल्मीमा बसोवास गर्दै आईरहनु भएका व्यवसायी भेकराज पाण्डेले गुल्मीको बसपार्कबाट २०६१ सालमा नगद रु दश हजार लागानि गरि च्याउ व्यवसाय सुरु गर्नु भएको हो ।
अहिले उक्त च्याउ खेति गुल्मीको च्याउ व्यवसायमा नमुना बनेको छ । च्याउ खेति लाई अझ फराकिलो र बिस्तार गर्न करिब पाँच रोपनी जग्गा तम्घास को खालाचौरमा लिई टनेल बनाएर गरिएको उक्त च्याउ खेति गुल्मी जिल्ला लगाएत छिमेकि जिल्लाहरु बागलुङ्ग र अर्घाखाँचि मा पनि जाने गर्छ ।
यस च्याउ व्यवसायले व्यवसायी भेकराज लाई मात्र होईन ५ ६ जनालाई रोजगारी पनि पुर्याएको छ । “बुटवलबाट बिउ ल्याउँदै आईराखेका छौँ अनि यसका लागी आवश्यक पर्ने पराल पनि पहिला त गाउँघरमै पाईन्थ्यो तर अहिले त तराईबाटै ल्याउँछौ ” पाण्डेले भन्नुभयो । यसरी च्याउ खेतिका लागी उहाँले पाँच रोपनि जग्गा बार्षिक ५० हजारमा भाडामा लिनुभएको छ ।
च्याउको बिउ लगायत चाहिने अरु सामाग्री पनि उहाँले काठमाण्डौबाटै ल्याउनुहुन्छ । च्याउ पुर्ण रुपमा तयार भईसकेपछि कर्मचारीले नै किलो किलो बनाएर प्याकिङ्ग गर्छन र आवश्यक परेको खण्डमा व्यापारीको पसलहरुमा छोडी दिने गरको उहाँका छोरा मनोज पाण्डेले बताउनु भयो ।
मनोज भन्नुहुन्छ “काम अलि झन्झटिलो छ तर पनि रमाईलो लाग्छ यसरी आफ्नै गाउँ ठाउँमा बसेर व्यवसाय गर्न अझ गर्ब त रोजगार नपाएका कैयौँलाई रोजगारी दिँदा लाग्दो रहेछ । ”तिन महिना जेष्ठ असार श्रावण महिनामा बाहेक यो खेति बर्षमा ९ महिना गर्न सकिन्छ ।
च्याउ पुर्ण तयार हुन सम्मका खर्च उहाँको करिब बर्षमा ६ लाख जति भेट्छ भने यति नै आम्दानी पनि हुन्छ । पराललाई धोई मसिनो पारेर काटि यसलाई पानिमा २ तिन घन्टा पकाईन्छ अनि पराललाई पलास्टिकमा बिउ छरेर हावा छिर्ने स-साना प्वाल बनाएर राखिन्छ ।
यसरी पोको पारीएको पराललाई बिउ छरेको २२ दिन पुगेपछि कागज थुतिन्छ अनि बिस्तारै च्याउ उम्रिन थाल्छ । ४५ दिनमा च्याउ तयार हुन्छ । “पहिला पराल काट्दा धेरै कामदार लाग्ने भएकाले बढी पैसा खर्च गरिरहेँ पोेहोर साल पराल काट्ने मेसिन किनेर ल्याएपछि त झनै सजिलो भएको छ ।
च्याउ व्यवसायी पाण्डे भन्नु हुन्छ । ७ जनाको उहाँको परिवार प्राय व्यवसाय मै व्यस्त हुन्छन । कामदार सँगै पराल धुनु काट्नु पकाउनु उहाँहरुको दैनिकि जस्तो बनेको छ अहिले । व्यवसायी भेकराजका छोरा मनोज पनि बिदेश जाने मनसाय नबनाई बुवाले गर्नु भएको व्यवसायमा सहायता गर्दै आईरहनु भएको छ ।
पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने सोँचाईलाई त्यगी आफु र अन्य बेरोजगारी हरुलाई रोजगार दिने बातावरण तपाई आफै बनाउन सक्नुहुन्छ मनोजले भन्नु भयो । यसैमा थप्दै मनोजले भन्नुभयो “यति तपाई हृदय देखि नै लाग्नु हुन्छ भने केहि असम्भब छैन आफ्नै देशमा पैसा फलाउन सकिन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend