साझा नेटवर्क
प्रेम सुनार गुल्मी , कार्तिक १६ ।
आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धन चुनावी रणनीतिमा वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रका लागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो ।
नेपाली काग्रेसको जुलुस निस्कीयो बाजा गाजाका साथ । तर उसले शहित सम्शेरबहादुर खत्रीको शालिकलाईने पार्ने समेत भुल्यो । उसलाई गतिलो जवाफ दिने गरी वामगठबन्धनका उमेदवार एमाले नेताद्धय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्ट सहितका सवै उमेदवारहरु शहिद सम्शेरबहादुर खत्रीको शालिमा माल्याणपर्ण गरेर मात्र मनोनयन दर्ता गर्न पुगेका थिए ।
वाम गठबन्धनको त्यो रणननिति देखेर कांग्रेसजनहरु छक्क परेका थिए । हरेक वर्ष उनको शालिकमा नेपाली काग्रेसले मात्र माल्याणपर्ण गर्ने गर्दथ्यो । तर आज भने कम्युनिष्टहरुले छक्काएकाछन् र ढुलमुसले कांग्रेसजनको मन जित्ने प्रयास गरेकाछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend