logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङकाे समग्र बिकाशका लागी मतदान गर्ने अाग्रह : सागर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ कार्तिक १६।
बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङ?को क्षेत्र नम्बर २ बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलामा सम्पन्न भएकाे छ । कार्यक्रम नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागर प्रमुख अाथित्याता रहेकाे थियो कार्यक्रममा ग्वालीचौर जलजला रणसिह किटेनी हुदै भिमगिठेसम्म माेटर बाटाे निर्माण तथा स्तर उन्ती अाफ्नाे प्रथामिक याेजनामा रहेकाे बताए ।
खानेपानी शिक्षा उचित व्यवस्था गरि जडिबुटी प्रसाेधन केन्द्र स्थापना गरि यहाका युवाहरुलाई लघुउघम तथा शहकारीकाे माध्यमबाट राेजगारीकाे सिर्जना गर्ने याेजना रहेकाे बताए । थप बाेल्दै ग्वालीचौरकाे चमेराेगुफा तथा थानपति घुम्ते शिवलेख माेतिमारे गाईघाट क्षेत्र बनाई पर्यटन बिकाश गरिने बताए ।
कार्यक्रममा बाेल्दै नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समिति सदस्य राजिव घिमिरेले देशकाे समृद्ध र देशका समस्या लाई हल गरि देशलाई एकताबद्ध स्थाईत्व सरकारका लागी बामपंथी शक्तिले गर्ने भएकाले गठबन्धन भएकाे बताए ।

जनताले बनाएकाे सबिधानलाई संरक्षण कार्यान्वयन गणतन्त्र संघियता धर्म निपेक्षता जस्ता उपलब्धिलाई संस्थागत गर्ने बामपंथी शक्तिलेमात्र गर्ने भएकाले बाम गठबन्धनलाई जिताउन अावश्यक रहेकाे बताए ।

अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष एव राष्ट्रिय जनमाेर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजाले देशमा गणतन्त्र धर्मनिरपेक्षालाई संरक्षण सरकार स्थाईत्वमा ल्याउन बाम शक्तिले गर्ने सक्ने भएकाले बाम गठबन्धनका उमेदवारलाई जिताउन कार्यकर्तालाई अाग्रह गरे ।

बडिगाड गाउँपालिका अध्यक्ष मेयर सिह पाइजा अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष पदम खत्री नेकपा माअाेवादिका मिलन रेष्मी नेकपा एमालेका अनराम छन्त्याल राजमाेका टाेप बहादुर श्रीष लगाएतकाे उपस्थित रहेकाे थियाे ।

वडा स्तरीय चुनाव परिचालन तथा निर्देशन कमिटीमा झविन्द्र बुढाथोकीकाे संयाेजकमा १सय ५१ सदस्यीय कमिटी गठन गरिएकाे छ । बडिगाड गाउँपालिका वडा न ४ का वडा अध्यक्ष प्रेम बलामी अध्यक्षयता झबिन्द्र बुढाकाे स्वागत र केबि सिजालीकाे संचालनमा सम्पन्न भयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend