logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा प्रचण्डकै ज्वाँई–चेला बागी उमेदवारी दिदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी  कार्तिक १५ ।
गुल्मीमा नेकपा माओवादी केन्द्रका एक जना नेताले आफुले केन्द्रबाट टिकट नपाएपछि आफ्नै पार्टीका नेता विरुद्ध बागी उमेदवारी दिने घोषणा गरेका छन् । सुरुमा प्रतिनिधी सभाको लागि गुल्मी क्षेत्र नम्वर २ बाट उमेदवारमा सिफारिस भएका माओवादी केन्द्रका केन्द्रिय सदस्य जिसीले फेशबुक स्टाटस मार्फत बागी उमेदवरी दिने घोषणा गरेका हुन् ।

गुल्मीको क्षेत्र नम्वर २ को प्रदेश नम्वर ४ मा सो पार्टीका पोलिटब्युरो सदस्य दिनेश पन्थीको उमेदवारी केन्द्रबाट टुङ्गो लागेर आए लगत्तै जिसीले बागी उमेदवारीको घोषणा गरेका छन् ।

उनले देशैभर ६०/४० माओवादी र एमालेलेको सिट बाँडफाँट अनुसार कुनै जिल्लामा प्रतिनिधी सभाको उमेदवार माओवादी केन्द्रले पाएको उमेदवार सम्वन्धित जिल्लामा एमालेले प्रतिनिधी सभा पाउने भए माओवादी केन्द्रका प्रतिनिधी सभाका लागि सिफारिस भएका उमदवारले स्वतः प्रदेश सभाको टिकट पाउने केन्द्रको नीति अनुसार आफुले पाउने दावि गर्दै आएका थिए ।

जिसी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई चेला हुन् । उनले आफु माथी अन्याय भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend