साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक १४ ।
नेकपा एमाले इस्मा गाउँपालिका ४ ले आयोजना गरेको चुनावी सभामा दुई दर्जन नेता कार्यक्रर्ता एमालेमा प्रवेश गरेका छन् ।
चुनावी सभामा पुर्व प्रधानपञ्च समेत रहेका नेपाली कांग्रेस हस्तिचौरका नेता द्रोण बहादुर कुवंर, पुर्व दोहली गाविसका उपाध्यक्ष केश बहादुर खड्का, गएको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसका वडा सदस्यका उमेदवार महेन्द्र थापा, कांग्रेस नेतृ टीका खड्का सहित दुई दर्जन नेता कार्यकर्ता एमालेमा प्रदेश गरेको वडा नेकपा एमाले इस्मा गाउँपालिका ४ का वडा कमिटी सचिव प्रताप सुनारले बताए । त्यस्तै तरुण दलका स्थानीय नेता लक्ष्मण थापा, सक्रिय कार्यक्रर्ता बाबुराम अर्याल लगायत रहेका छन् ।
चुनावी सभामा एमाले प्रवेश गर्दै कांग्रेस नेता दोर्ण बहादुर कुवंर बृद्धबृद्धालाई बाच्ने आधार, विकास र राष्ट्रबादका कारण आफुले पार्टी परित्याग गरेको बताए । ‘धेरै बर्ष कांग्रेसमा रहे र काम पनि गरे, कुनै परिवर्तन आएन,’उनले भने,‘नफल्ने बृक्षको अब के आश ।
त्यस्तै कांग्रेसको तर्फबाट दोहली गाविस उपाध्यक्ष केश बहादुर खड्काले जनताको महत्वपुर्ण आश विकास भएकाले आफु एमालेमा गोलबद्ध भएको प्रतिक्रिया दिए । उनले अहिलेसम्म आफ्नो पार्टी विकासमा सक्रिय नभएको कारण थुप्रै कार्यकर्तालाई धोका भएको प्रतिक्रिया दिए । ‘सवैलाई चाहिने विकास रहेछ, सवै विकास कै लागि एमालेमा गए,’उनले भने,‘ अव मैले के हेर्नु ।’
चुनावी सभालाई संबोधन गर्दै एमाले सचिव गोकर्ण विष्टले नेपालमा ब्याप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर माथी उकास्न, स्वरोजगारको सृजना तथा विकासका पुर्वाधारको समुचित विकास गरि समृद्धकै लागि आफ्नो उमेदवारी भएको बताएका छन् ।
सर्वसम्मत उमेदवार बनेका बिष्टले जिल्लाको विकास निर्माणबारे आफु कहिल्यै बिमुख नभएपनि पुराना योजनाको निरन्तरता र थप नयाँ एजेण्डाहरु पुरा गर्न जनताको साथ पुन चाहिएको बताए । उनले क्षेत्र नं २ मा सुविधा सम्पन्न टेक्निकल कलेज, बिभिन्न स्थानमा ताल निर्माण, सडकहरुको स्तरउन्नती तथा कालोपत्रे, रेसुङ्गा बिमान स्थलको पुर्णता तथा रेसुङ्गामा केवुलकार निर्माण लगायतलाई नयाँ एजेण्डाका रुपमा प्रस्तुत गरेका छन् ।
साथै उनले अहिलेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने, कुनै पनि बिद्यार्थीलाई कापी कलम किन्न नसकेर पढाईबाट बञ्चित हुने नदिने, प्रभावकारी बिद्युत बिस्तार, खरका छाना मुक्त गर्ने र सवै नागरिकलाई स्वच्छ पिउने पानीको व्यावस्था गर्न आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै निस्तीको शिरबाट खानेपानी ल्याउने, अध्याँरो बस्तीमा बिजुली, अकालमा ज्यान गुमाउनेका लागि अस्पताल, बिद्यालय जान नपाउनेका लागि बिद्यालय, गरिव नेपालीको देशलाई सुखी र धनी नेपालीको देशका रुपमा बदल्को लागि बाम तालमेल भएको उनले बताए ।
गुल्मी क्षेत्र नं २ का उमेदवार गोकर्ण बिष्टले आफुले अहिलेसम्म आफुलाई मत दिने र नदिने भनेर कसैलाई भेद्भाव नगरेको बताए । ‘जनता देवाता हुन पक्षपात हुन दिदैन,’उनले भने,‘ म गठबन्धनको मात्र उमेदवार हैन, कांग्रेसको पनि हो । त्यसैले सहयोग गर्नुस ।
यसैबिच गठबन्धनका तर्फबाट प्रदेश नं ३ का उमेदवार खडग केशीले देशमा राजगारी दिने, आर्थिक वृद्धि गर्ने, राष्ट्रियता जोगाउने, प्रजातन्त्र जोगाउने सवालमा कम्युनिष्टले मात्र भुमिका निर्वाह गरेकाले बाम गठबन्धनलाई अत्यधिक बहुमतका साथ जिताउन आग्रह गरे । उनले आफुहरुले अपेक्षा गरे अनुसार बहुमतका साथ परिणाम आए कसैले नचिताएको विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले केन्द्रिय शिक्षा विभागका सदस्य पिएलमणी पोख्रेलले विकासको हिसावले गुल्मी धेरै अगाडी रहेको बताए ।
उनले आफु जागिरको सन्दर्भमा धेरै प्रभावशाली नेताको जिल्लासम्म पुगेकाले यो जिल्लाको जस्तो विकास अन्यत्र नभएको प्रतिक्रिया दिए । इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले गाउँपालिकाका बिषयमा बजेट कार्यक्रम तय भइसकेकाले जनताले अनुभत हुनेगरी विकास हुने बताए । उनले इस्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने सन्दर्भमा थुप्रै नयाँ कार्यक्रमहरु शुरु भइसकेको बताए ।
माओवादीका जिल्ला सदस्य धन बहादुर गुरुङ्गले गठबन्धनले यो क्षेत्र सहित देशैभर बहुमतको सरकार बनाउने भएकाले विकासको नमुना देख्न धेरै दिन कुर्नु नपर्ने बताए । कार्यक्रम नेकपा एमाले इस्मा गाउँपालिका वडा नं ४ का वडा कमिटी अध्यक्ष बिष्णु सुनारको अध्यक्षता, उपाध्यक्ष गनुप्रसाद अधिकारीको स्वागत तथा सचिव प्रताप सुनारको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend