logo
  • शुक्रबार, असोज ९ २०८३

वाम गठवन्धनको चुनावी भेला रिघामा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १४ ।
संयुक्त वाम निर्वाचन परिचालन कमिटिको आयोजनामा गल्कोट नगरपालिका वडा नं. ११ काप्रेमा चुनावी भेला सम्पन्न भएको छ। भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अधिवेशन आयोजक कमिटीका सदस्य गुमानसिंह वुढाथोकी, नेकपा एमाले गल्कोट नगरकमिटि संयोजक डम्वर श्रीस, राष्ट्रिय जनमोर्चा गल्कोट नगर कमिटि संयोजक टंक केसि, नेकपा माओवादी केन्द्र गल्कोट नगर उपसंयोजक गंगा भुजेल लगाएतले वोल्नु भएको थियो।
भेलामा वोल्ने वक्ताहरुले देशमा राजनैतिक स्थायीत्व र सम्वृद्धिको लागी वाम गठवन्धनका उमेदवारलाई जिताउन आग्रह गरेका थिए। वक्ताले यहि कार्तिक १८ गते ११ वजे मनेवा, २ वजे वडा कार्यालयको प्रांगणमा प्रदेश सभा उमेद्वार सहित हुने कार्यक्रम, २९ गते प्रतिनिधि सभा उमेद्वार सहित हुने कार्यक्रम तथा मंसिर २ गते गल्कोट नगरमा हुने वृहत आमसभामा सहभागि हुन सवैलाई अनुरोध समेत गरेका थिए ।

भेलाले माओवादीका नर वहादुर घर्तिको संयोजक, राजमोका दल वहादुर वुढाथोकी उपसंयोजक तथा एमालेका डोलेन्द्र राना सचिव रहेको १ सय ५५ सदस्यिय निर्वाचन परिचालन गल्कोट नगरपालिका ११ को मुल समितिको गठन गरेको छ।

त्यस्तै भेलाले धिरेन राजवंशि, दान वहादुर श्रीस, सुमन श्रीस, रिम वहादुर राना, श्याम श्रीस, रमेश विक, पूर्ण राकसकोटी, चेतनारायण सापकोटा, देवेन्द्र पुन र भक्तिराम पुन रहेको युवा परिचालन समिति तथा गंगा श्रीस, विष्णु विक, सरिता नेपाली, भिमला घर्ति, पूर्णकला राना, रुपा विक, माया सिँजाली रहेको महिला परिचालन समितिको गठन गरेको छ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका नर वहादुर घर्तिको अध्यक्षता, नेकपा एमालेका घिरेन राजवंशिको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका दल वहादुर वुढाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend