logo
  • आइतबार, असोज ११ २०८३

स्थानिय तहमा वालमैत्रि शासन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १४ ।
वडिगाड गाउँपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा स्थानिय तहमा वालमैत्रि शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष वोम वहादुर थापा, बडिगाड गाउँपालिका स्तरीय महिला समन्वय समितिका अध्यक्ष विना कुमारी थापा, त्रिभुवन माविका प्रअ ढालमणि भण्डारी, दिदि वहिनी वचत तथा ऋण सहकारी का अध्यक्ष शान्ति अधिकारी, दुवै वडाका निर्वाचित वडा सदस्यहरु, त्रिभुवन मावि खर्वाङ र खड्क देवि मावि तुन्डाडाका २८ जना विद्यार्थी लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला अधिकारकर्मि तथा अधिवक्ता ममतादेवि शर्माले सहजिकरण गर्नुभएको थियो। कार्यक्रम कार्यवाहक वडा अध्यक्ष हिमा खरेलको अध्यक्षता, सामाजिक परिचालक गिता पोखरेलको स्वागत मन्तव्य तथा वडा सचिव गिता पौडेलको संचालनमा सम्पन्न भएको थियो।

तालिमवाट वालवालिकाको व्याक्तित्व विकास संगै जनप्रतिनिधि र वालवालिकाको सवाल र अधिकारको विषयमा आपसमा कर्तव्यमुख हुन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend