logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा भएको दुर्घटनामा मृत्यु भएका शव बुधबार परिवारलाई बुझाइने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १३ ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका ४ बिरवास बद्रखुट्टा भन्ने स्थानमा माइक्रो बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट मंगलबार बिहान नौ बजे सदरमुकाम तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो बस र लु १ च ४५२२ नम्बरको जिप एक आपसमा ठक्कर खाएका थिए । ठक्कर पछि माइक्रोबस सडकदेखि दुई सय मिटर तल खसेको छ ।दुर्घटनामा मालिका गाउँपालिका ६ का लाल बहादुर मुखिया, इस्मा गाउँपालिका १ हस्तिचौरका यमुना पन्थी मरासिनी, इस्मा गाउँपालिका ६ डिल बहादुर कुमाल र सोहि गाउँपालिका २ का रुमी नेपाली, मुसिकोट नगरपालिका २ वडागाउँका मान कुमारी थापा, ब्रिटिश वेलफेरका कर्मचारी केशव गुरुङ्ग, छत्रदेव गाउँपालिका ७ अर्घाखाँचीका राम प्रसाद पाण्डेयको घटना स्थलमै मृत्यु भएको छ ।गाडी चालक रेसुङ्गा नगरपालिका १० सिमीचौरका भिम बहादुर घर्ति, रुरु गाउँपालिका ६ रिमुवाकी सुमित्रा दर्लामीको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा ज्यान गएको छ । एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए ।त्यस्तै दुर्घटनामा मालिका गाउँपालिका ७ का सुमन कार्की, रुरु गाउँपालिका १ का माधव पोख्रेल, मुसिकोट नगरपालिका २ का प्रकाश केशी, मालारानी गाउँपालिका १ अर्घाखाँचीका बिष्णु प्रसाद भुसाल, गुल्मी दरवार गाउँपालिका ४ का गोकुल कार्की, मालिका गाउँपालिका ७ की एलिसा घिमिरे र रेसुङ्गा नगरपालिका १० की रबिना दर्लामी, इस्मा गाउँपालिका २ का सृजन मरासिनी र सृष्टी मरासिनी घाइते भएका छन् ।

उनीहरुको मिसन अस्पताल तालसेन पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक सवैको आज सवै कानुनी प्रक्रिया पुरा गरेर बुधबार शव परिवारलाई बुझाउने प्रहरी निरिक्षक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend