साझा नेटवर्क
साझा नेटवर्क,बुटवल कार्तिक १३।
बुटवलबाट बिहाना ९ बजे गुल्मीको सदरमुकाम तम्घासमका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ।
बा४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी एसपी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । माइक्रोबस बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।
दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन । प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था हेरिकन उपचारका लागि पाल्पा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
गाडी भिरबाट करीब ३०० मिटर तल खसेको छ । स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालकसहित १५ जना थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend