logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा ३ हजार वाईसियल संगठित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

वामगठबन्धनबाट १० हजार युवा परिचालनको तयारी
प्रेम सुनार,गुल्मी कार्तिक १३।
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ ।गुल्मीमा पनि केहि वडा बाँकी रहेको र अधिकांसममा सम्पन्न भएको वाईसियल नेपाल ५ नम्वर प्रदेश कमिटीका उपाध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । जिल्लाका ९३ वडा मध्ये ८० वडामा सम्मेलन सम्पन्न भएको छ’– ज्ञवाली भने–‘ति वडाबाट करिव ३ हजार वाईसियल संगठित भएको प्रदेश कमिटीमा रिर्पोट आएको छ ।’

वाईसियका गुल्मी जिल्ला अध्यक्ष तारा रानाका अनुसार बाँकी रहेका वडा सहित करिव ५ हजार वाईसियल संघ र प्रदेश सभा निर्वाचन सम्म संगठित गर्ने तयारीमा संगठन जुटेको छ । २०६४ को संविधान सभा निर्वाचन ताकाका वाईसियल यसपालिको निर्वाचनमा परिचालन गर्ने तयारी भई रहेको गुल्मी प्रदेश नम्वर १ का उमेदवार तथा माओवादी केन्द्रको जिल्ला सह–ईन्चार्ज सुदर्शन बरालले बताए ।

नेकपा एमाले युवा संघ नेपालका जिल्ला ईन्चार्ज गणेश श्रीपालीका अनुसार त्यस संगठनमा करिव ७ हजार युवा संगठित छन् । दुवै पार्टीका युवाहरुलाई संयुक्त निर्वाचन परिचालन कमिटी बनाईने छ । कम्तीमा दश हजार युवा फिल्डमा खटाईने छ । करिव २ हजार विशेष तालिम प्राप्त युवा फोर्शलाई भई परी आउने काम र खास–खास स्थानमा पट्रोलिङ्गमा खटाईने वामगठवन्धनले जनाएको छ ।

वाम गठबन्धनका युवा शक्तिलाई अनुशासित ढंगबाट परिचालन गरिने छ। कुनै पनि मतदातालाई कसैको धाक धम्की र दवावमा पर्न दिनबाट रोकिने छ । मतदातालाई स्वतन्त्र बनाउने निर्वाचन संगै गुण्डागर्दी तह लगाउने युवाहरुको भुमिकालाई तिव्रता दिने वाम गठ बन्धनका नेताहरु बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend