logo
  • सोमबार, असोज १२ २०८३

त्रिशुलीमा बस दुर्घटना हुदा एकै परिवारका ६ को मृत्यु, २ बेपत्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,बुटवल कार्तिक ११।
पृथ्बीराज मार्ग अन्तर्गत धादिङमा आज बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका २० जना भन्दा बढीको मृतु भएपछि सिङ्गो सप्तरी जिल्लाबासि शोक डुबेका छन्।दिपावली र छठ मनाएर पुन आपनो काममा फर्कने क्रममा दुर्घटनामा परि मृत्यु भएको हो। आफन्तको मृत्यु भएको खवरले गाउँका धेरै घरहरुमा आज चुल्हो बलेको छैन् । ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा आज बिहानैदेखि रुवावासी छ। तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ । २ छोरा, बुहारी,२ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको हो ।

रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए । संजितका कान्छा छोरा प्रतिक बेपता छन् ।

यस्तै संजितका सालो बिटु झा ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितकी साली पुजा अझै वेपता छिन् । संजित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा कार्यरत थिए ।
रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend