साझा नेटवर्क
कमल पौडेल,बागलुङ कार्तिक ११ ।
नवजनविकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेड गल्कोट ११ रिघाको चौथो साधारण सभा मनेवामा सम्पन्न भएको छ।
सो साधारण सभाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्वर श्रीसले सहकारीको विकास वाट मात्रै देश सम्बृद्ध वन्न सक्ने भएकोले सहकारीको सहि उपयोग गर्न सक्नुपर्ने वताउनु भएको छ।श्रीसले सहकारी मार्फत छरिएर रहेको पुँजी एकिकृत गर्न सकिने र आयआर्जनको माध्यमवाट गरिवि निवारणमा महत्वपूर्ण भुमिका पुग्ने वताउनु भएको छ।
कार्यक्रममा वाल ज्योती प्राविका प्रअ सृजना घर्ति, स्थानिय रेशम घर्ति, शस वहादुर काउचा लगाएतले वोल्नुभएको थियो।कार्यक्रममा कोषाध्यक्ष श्याम श्रीसले आर्थिक प्रतिवेदन, संचालक समिति सदस्य तेजिन्द्र श्रीसले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम सहकारीका अध्यक्ष नर वहादुर घर्तिको अध्यक्षता,संचालक समिति सदस्य छमाया थापाको स्वागत मन्तव्य तथा सचिव पूर्ण थापाको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend