logo
  • आइतबार, असोज ११ २०८३

मुसिकोटका ५६ जना विपन्नले जनप्रतिनिधीहरुको जयजयकार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार,गुल्मी कार्तिक ११ ।
गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् ।प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । ‘मासिक १० हजारका दरले तलव पाउने भए पछि अव त सजिलै छोरा छोरी पाल्ने भएँ’–वडा नम्वर १, अरेवा गाउँकी विपन्न महिला पार्वती बिकले भनिन–‘ श्रीमान लफङ्गिएर हिडेर असाध्धै दुख पाएकी थिएँ , जागिर दिनु भयो उहाँहरुको जयहोस् ।

’ उनि संगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरु मध्ये अधिकांस दलित, अति सिमान्तकृत कुमाल, जनजाती र अति विपन्न अन्य समुदायका छन् । उनिहरुले कार्यभार सम्हाले देखि मुसिकोटका सवै सडक सुचारु छन् ।

मेयर सापकोटाले पहिलो प्राथामिकता गरिव विपन्नको उत्थानमा रहेको बताए । भने–‘ हामी गरिव विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं , उनिहरुलाई अवको केहि वर्ष भित्रैमा आत्मानिर्भार बनाउने लक्ष्य छ ।’

नगर कार्य समिति सदस्य प्रकाश काफ्लेले एक जना महिला , गरिव विपन्नलाई एउटा मात्रै शिप प्रदान गरेर आत्मानिर्भर बनाउन लागिएको जानकारी दिए । ‘गरिव वेरोजगार छु भन्नु हुन्छ भने आउनु होस नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनु हुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही शिपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मानिर्भर बनाउने छौं ।’

उनका अनुसार व्यवसायीक कृषि खेती, सिलाई बुनाई, मुसिकोट नगरपालिका भित्र आवश्यक सवै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend