logo
  • शनिबार, भाद्र २० २०८३

४ महिना देखि तलब नपाउदा कतारमा १२ नेपाली अलपत्र


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार ।
बिगत ४ महिना देखि काम गरेको तलब नपाउदा कतारको एक कम्पनीमा १२ जना नेपाली कामदार अलपत्र परेका छन । गोर्खा नेपाल मेनपावर, बसुन्धारा काठमाडौबाट कतारको अल फिदा डेकुरेसन कम्पनीमा कार्यरत १२ जना नेपाली कामदारलाई ४ महिना देखि कम्पनीले तलब नदिदा अलपत्र परेका हुन ।
जसमा सिन्धुपाल्चोकका होमराज गिरी नवलपरासीका गोविन्द चमार,दैलेखका सुरेश पुरि ,प्युठानका सोभाराम घर्ती मगर ,सुनसरीका मनोज कुमार मेहता,प्रमोद मेहता,झापाका भिम रिसिदेव,जोगिन्द रिसिदेव,राजु रिसिदेव सप्तरीका अनिल कुमार यादव,रुपन्देहीका सुबास पासि र भोजपुरका जनम फुयाल रहेका छन।

सोही कम्पनीमा कार्यरत ८जना कामदार बिगत २१महिना देखि काम गरिरहेको र ३जनाको ३बर्स र २जना ४बर्स देखि कार्यरत छन।अहिले भने चार महिना अघि देखि कम्पनीले घर पठाउछु भनी रोकेको तर कम्पनिको म्यानेजर जमिल बिन यसुफ भने फरार रहेको ,अहिले न तलब न घर फर्कने भएको उनिहरु भनाइ रहेको छ।नेपाली राजदुतावास तथा श्रमिक अदालत गएर कुरा गर्दा समेत कतै पनि आफ्ना पिडाको सुनुवाइ नभएको उनिहरुको भनाइ रहेको छ।

“चार महिना देखि तलब समेत दिएको छैन,बसेर खानलाइ पैसा समेत छैन ,न कतै सम्पर्क गरौ भने रिचार्ज गर्न समेत समस्यामा छौ”पिडित सुरेश पुरिले बताए।त्यस्तै घर फर्काउनलाइ बारम्बार मेनपावरमा अपिल गर्दा समेत मेनपावरले कुनै मतलब नगरेको समेत उनले बताए।सरकारी तथा गैरसरकारी संघ सस्थालाइ आफुहरुलाई नेपाल फर्काइ उद्दार गरिदिन समेत अपिल गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend