logo
  • आइतबार, असोज ११ २०८३

कमल गिरि वचाउ अभियानद्वारा सहयोग रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, गुल्मी कार्तिक ९ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदी अमराई वालुवाका कमल गिरिको उपचारका लागी विदेशमा रहेका नेपालीहरुको तर्फवाट ३ लाख ८१ हजार हस्तान्तरण गरिएको छ। कमल गिरि वचाउ अभियान अन्तर्गत सहयोग रकम संकलन गरि आज औपचारीक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो।
पौदिअमराईमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विदेशि भूमिमा पसिना संग साटेको रकम उठाउने कुरा सहज नभएको र मानविय नाताले आफ्नो खर्च कटाई सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्नुभएको थियो।

सापकोटाले अभियानका संयोजक कृष्ण खत्रि र संचारमाध्ययमवाट घटनालाई वाहिर पुर्याउने आझेलका खवर संचालक पत्रकार प्रेम सुनारलाई धन्यवाद दिनुभएको थियो। २ वर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका २२ वर्षिया कमल गिरिको भरतपुरमा रहेको चितवन मेडिकल उपचार भैरहेको र आर्थिक अभाव भएपछि कमल वचाउ अभियान सुरु गरिएको थियो।

अभियानको तर्फवाट ४ लाख ७१ हजार वढि रकम वोल भएपनि ३ लाख ८१ हजार नगद जम्मा भएकोले सो रकम हस्तान्तरण गरिएको हो। सो अभियान आझेलका खवर तथा पत्रकार प्रेम सुनार मार्फत सुभारम्भ गरिएको थियो।

आझेलका खवर मार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पिडितहरुले उपचार पाउँदै आएका छन्। कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार, स्थानिय वुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. १ का अध्यक्ष पुर्ण वहादुर हितानको अध्यक्षता, पूर्व वडा नागरिक मंचका संयोजक इश्वरा गिरिको स्वागत मन्तव्य तथा शिक्षक दिपक गिरिको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend