साझा नेटवर्क
अनिल खत्री, गुल्मी कात्तिक ९ ।
घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मागाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षिय पम्फा परियारको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
परियार बिहिवार बिहान नजिकै इस्माकोटको भिरमा घाँस काट्न गएकी थिइन् । भिरबाट लड्ेर घाइते अबस्थामा स्थानिय स्वास्थ्य चौकीमा उपचारको लागी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
परियारको घरको आर्थिक अबस्था कम्जोर रहेकाले स्थानियले पैसा उठाएर सवलाई पोष्टमाडम गर्न जिल्ला अस्पताल गुल्मीमा पठाईएको स्थानिय समाजसेवी नारायण पैयानीले जानकारी दिए ।
गुल्मीमा बाटो खन्ने क्रममा जेसिबी दुर्घटना हुँदा २ जना घाइते भएको छन् । बिहिवार बिहान जिल्लाको छत्रकोट गाउँपालिका अन्र्तगत वडा नम्बर ५ स्थित भगवत मानकोट देखि हर्दिनेटा तर्फएको बाटो खन्ने क्रममा लु १ क १२१० नम्बरको जेसिबी दुर्घटना भएको हो ।
दुर्घटनामा चालक २३ वर्षको तुलबहादुर नेपाली र सहचालक १५ वर्षको कोसुमन कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्य यादवले जानकारी दिए । चालको टाउको र हातमा चोट लागेकाले उनको अबस्था गम्भीर रहेकाले थप उपचारको लागी पाल्पा पठाइएको प्रहरी जनाएको छ ।
सहचालको समान्य चोट लागेकाले स्थानिय मेडिकलमा उपचार भइरहेको छ । जेसिबी सड्कबाट ब्रेक फेल भई करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend