साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
नेपाली चलचित्र विर विक्रममा समावेश रहेको चर्चित “सरे सरे” गितको कभर भिडियो सार्वजनिक भएको छ । रोजगारीका सिलसिलामा कतारमा रहेका नेपाली युवाहरुले सोहि गीतको कभर भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् ।
मिलानो इन्टरटेन्मेन्टको ब्यानरमा निमार्ण गरिएको भिडियोलाई ओ.एस.आर. डिजीटल को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त कभर भिडियोलाई कतारका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको छ ।
दिनेश राउतको शब्दमा नेपालका चर्चित पाश्र्व गायक तारा प्रकाश लिम्वु र दिपा लामाको स्वर रहेको छ । कभर भिडियोमा मुना गिरी र याम जिसी र देव लम्सालको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गितको छायाँकन, निर्देशन तथा सम्पादन मिलन विश्वकर्माले गरेका छन ।
अथक प्रयास र मेहनतका साथ भिडियोलाई तयार पारेको दावी गर्दै दर्शकले मन पराउनेमा आफुहरु आशावादी रहेको निर्माता दर्शन सुनारले साझा नेटवर्कलाई जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend