logo
  • शनिबार, भाद्र २० २०८३

रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,कतार।
शुभ दिपावलीको पावन अवसरमा कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम अभियानले हरेक वर्ष  जस्तै “  देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा रक्तिम विभागका सल्लाहाकार गिरी काउछाको अध्यक्षता र संचालक खगेश्वर भूषालको संचालनमा र रक्तिम विभागका सचिव रण बहादुर वि.सि को स्वागत मन्तव्यबाट सुरु गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनको रहेको थियो। अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा,पुर्व उपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाईवा,कोषाध्यक्ष धनबहादुर परियार, केन्द्रिय महासचिव खिम बुढा,सचिव विष्णु थापा, केन्द्रिय सदस्य सुर्य सुवेदी, बुद्धिजीवी विभाग मिनराज पुन,महिला विभाग अमिना खान,हाँक साप्ताहिक पत्रकार उद्धव मगर,पत्रकार रामप्रसाद पराजुली तथा कतार नेपाली एकता समाजमातहतमा रहेको सम्पूर्ण एरिया ईकाइका सदस्यहरु उपस्थित रहेको थियो ।प्रवासी नेपाली मञ्चका महासचिव मनाफ मियाँ,व्यवसायी तथा गैरआवसीय नेपाली संघका उत्तम गुरुङ्ग, नेपालपत्रकार महासंघ (शाखा) कतारका गणेश प्रसाद बन्जाडे,प्यूठान सेवा समाजका  बहादुर के.सी,स्याङजा सहयोग समाजका अजमत अली,पर्वत युवा सेवा समाजका  हरि प्रसाद शर्मा,वाग्लुङ्ग सेवा समाजका का.वा. सचिव तेजनारायाण शर्मा,दाङदेउखुरी सेवा समाजका लिलाधार आचार्य, सुदूर पश्चिम सेवा समाजका टेक बहादुर बोहोरा,अथितिहरु रहनु भएको थियो ।त्यसैगरी नेपाली मुस्लिम समाज गुफर अहमद, दलितएकता समाज यम रसाईली,नेपाली मगर संघ कतार शाखाका अभिमन पुन, विश्वकर्मा समाजका गमबहादुर विश्वकर्मा, काभ्रे सेवा समाजर्का नन्द ढुङ्गाना, जनसम्पर्क समितिका महमद अजीज अली,साथै समाजसेवी करिम बक्स मियाँ, कतारमा स्थापित संघ संघसंस्था लगाएत समाजसेवी व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो
तस्तै  कार्यक्रममा रेशम बहादुर बस्नेत,वेदराज अधिकारी, लिलाबहादुर जि.सी, सगरमाथा म.म. सेन्टर बरुणदेव श्रेष्ठ, समाजसेवी भलाकाजी राई, अतिथी भोलानाथ पराजुली, रहेका थिए । देउसी भैलीको बारेमा सचिवालय सदस्य हेमन्त वाईवाले प्रष्ट पार्नु भएको थियो उहाँले भन्नु भयो हामीले मनाउने संस्कृति त एउटै छन मनाउने विधिपनि एउटै हो ।“ तर गनतव्य वेग्लै भएको बताएका छन् जोडदै भन्नु भयो कुनै व्यक्ति पश्चिमको यात्रा गदै्र्रछन भने हामी हाम्रो समाज कतार नेपाली एकता समाज पूर्वको यात्रा तय गदै गरेको अवस्थामा यही फरक भएको बताउनु  भयो ।

अन्तमा यस सभाकाअध्यक्ष गिरी काउछाले सम्पूर्णलाई शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गरेका थिए।

          देउसी भैलो कार्यक्रमको भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend