logo
  • सोमबार, असोज १२ २०८३

अर्घखाँचिमा जिप दुर्घटना, १ को मृत्यु ७ घाइते, मृतक र घाइते सबै गुल्मीका


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरल,गुल्मी कार्तिक ७।
सोमवार दिउँसो अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परि गुल्मीको पुर्कोटदह माईतीमा तिहार मनाएर कोठामा फर्किदै गरेकी एक चेलीको ज्यान गएको छ । भने दुर्घटनामा परेका ७ जना पनि गुल्मीकै रहेको खुलासा भएको छ ।गुल्मीको पुर्कोटदबाट सन्धीखर्क हुँदै वुटवल तर्फ जाँदै गरेको लु १ च ६७६६ नम्वरको जिप सन्धीखर्क ७ को जगता भन्ने स्थानमा दिउँसो करिव सवा १२ वजे दुर्घटना भएको थियो। दुर्घटनामा गुल्मीको पुर्कोटदह माईत भई प्युठानको झिम्रिक गाउँपालिका वडा नम्वर ४ घर भएकी अन्दाजी ३५ वर्षिया शारदा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।अन्य ७ जना घाइते छन् । जिपमा ९ जना सवार रहेको ति मध्ये ८ जना गुल्मीको पुर्कोटदहका मानिसहरु परेको प्रहरीले बताएको छ। मृतक केसीले एक छोरा र छोरी सोही जिपमा लिएर वुटवल तर्फ जाँदै थिईन् । उनको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको अर्घाखाची जिल्लाका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । मृतक केसीका वर्ष १३ का छोरा सागर केसी र वर्ष १० कि छोरी वर्षा केसी घाईते भएका छन् ।त्यस्तै पुर्कोटदह घर बताईएका चालक २० वर्षिय विक्रम घर्ति, रुपन्देहीको वेलवास घर बताउने ३२ वर्षिया राधा थापा,पुर्कोटदह निवासी १३ वर्षिय दिलप्रसाद श्रेष्ठ,१२ वर्षिय निराजन थापा, १७ वर्षिय विक्रम श्रेष्ठ र १३ वर्षिय निर्माण थापा घाईते भएको अर्घाखाँची प्रहरीले जनाएको छ । घाईते सवैलाई लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि पठाईएको प्रहरीले बताएको छ।

घाईते मध्ये राधा थापा र दिलप्रसाद श्रेष्ठको अवस्था अलि गमभीर रहेकोे छ । जिप सडक देखि करिव सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक डिसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend