साझा नेटवर्क
-चोमु शेर्पा खुसी ।
नेपाली भाषा साहित्य लाई अगाडी बढायौ
साहित्य मानै जीवन सिङ्गै अर्पण गरायौ
माटोको माया देशको माया जगायौ जनमा
प्रेरणा बनि बसेछौ अझै सबैको मनमा ।।
कविता पढें सालिक देखें प्रत्यक्ष देखिन
तपाईं सम्झी कहिले केही हातले लेखिन
आजको दिन लेख्दैछु केही हिम्मत गरेर
स्मरण गर्दै जन्मेको दिन नयन भरेर।।
एउटा यात्री सफल कवि काव्यमा हिडेका
सुनेरै पनि पढेरै पनि साराले चिनेका
मुनाको पीडा मदन सम्झी झरेको त्यो आँसु
पढ्नको लागि जो कोहि पनि देखिन्छ जिज्ञाँसु।।

चोमु शेर्पा खुसी ।
भाषाको प्रेमी जनको प्रिय मुटुमा रहेको
अमर बनि अहिले सम्म चर्चामा भएको
खरानी भए शरीर तिम्रा कविता मरेन
अहिले सम्म स्थान त्यो तिम्रो कसैले हरेन
श्रद्धाले पुरै यो शिर मेरो झुकेको छ आज
बिहान देखि सम्झना गरि बित्ने छ ति साँझ
म सधैं तिम्रो प्रसंसा गर्ने पाठक पर्दछु
त्यसैले आज श्रद्धाको शब्द अर्पण गर्दछु।।।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend