logo
  • शुक्रबार, असोज ९ २०८३

हराउँदै देउँसी भैलो, बढ्दै जुवातास


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी कार्तिक ५।
लक्ष्मी पुजाको साँझ देखि चार पाँच दिन सम्म चोक चोकमा देखिने देउँसी भैलो गुल्मीको सदरमुकाम तम्घासमा भाई टिकाको दिनमा समेत सुनसान थियो ।स–साना भाई वहिनीहरुले निकालेको देउँसी भैलो वाहेक पाका मानिसहरको मौलिक देउँसी भैलो देख्न पाईएन्। तम्घास बुढिचौर, छापटोला र खानीगाउँका पाका पुरुषहरुले निकालेको देउँसी भैलोमा समेत मौलिकतामा मिश्रित थियो । भैलो घट्याई र सोरेठीको विच विचमा आधुनिक झ्याउरे गतिमा भाई वहिनीहरुलाई नचाईको थियो ।

किशोर अवस्थाका भाई वहिनीहरुले निकालेको देउँसीमा एलवममा निकालिएका सोरेठी गीतको सहरा लिईएको थियो । विगतका तिहारमा जस्तो यसपाली सदरमुकाम तम्घासमा मानिसहरुको चहल पहल कम देखियो । वजार सुनसान थियो । देउँसी भैलोको संख्या कम भए पछि देउँसी भैलो प्रेमीहरु एक देखि अर्को टोलबाट आएर हेरिरहेका थिए ।

शहर वजारमा देँउँसी भैलोको सट्टा पुरुष र उनिहरको दाँजोमा जुवातास खेलेर तिहार मनाउने महिलाको संख्या पनि बढेको पाईयो । एउटै घरमा ५० लाख सम्मको जुवाको खाल भेटियो ।कोही खेलाड ित कोही जुवाका रमिते हुँदा बजारमा मानिसहरुको चहल पहल सुन्य प्राय देखिन्थ्यो ।

तर विभिन्न गाउँमा भने देउँसी भैलो चलेको बताईको छ । गाउँमा पनि विगतको तुलनामा देउँसी भैले कम र जुवा तास बढि चलेको हाम्रा समाचारदाताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend