logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला सेवा समाज कतारको शुभ-दीपावली कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट कतार।
प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना,बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाजले नेपाल देखी धेरै टाढा मध्य पूर्वी खाडिमुलुक देश कतारमा आउनु भएका अनि कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितिको बिचमा साथै जिल्ला भित्र रहेका हरेक समूह सस्थालाइ एकत्रित समन्वय गरि २० अक्टोबर २०१७ तारिख शुक्रबार कतार स्थित सनैया रोटना रेष्टुरेन्ट सभाहलमा सभ्य एवं भब्य रूपमा कार्यक्रम समाजका अध्यक्ष शिव बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको  छ।
कार्यक्रमको प्रमुख अथिती समाजका सल्लाहकार संयोज वसन्त थापा रहनु भएको थियो भने त्यसै गरि विशेष अथितीमा समाजका सस्थापक सुर्य बहादुर बिक र चेतमान रहनु भएको थियो। कार्यक्रमको अथितीमा समाजका सल्लाहकारहरु छबि गुरुङ,गोपाल केसि,दिल नेपाली,रुद्रप्रसाद रोका त्यस्तै बराह क्षेत्र संरक्षेण समिती बडाचौर रोल्पा कतार अध्यक्ष बालराम जैसी,राक प्रवासी सेवा समाज कतार यज्ञराज केसि,रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतार अध्यक्ष पुर्ण बहादुर बिष्ट,जनप्रगतिसिल सेवा समाज सिर्प ७ रोल्पा कतार अध्यक्ष बोम बहादुर खड्का,दलित एकता संजाल बडाचौर ५ रोल्पा कतारका अध्यक्ष खगेन्द्र बिक,समाजसेवीहरुमा दिल साही, मिलन बिक,रामदास भुट्टेल,हिकमत अलि,हिमाल खड्का साथै कलाकारमा ललित रोका मगर,लोक गायिका कमला गुरुङ गायकमा अनिल जिसि,अज्ञात क्षेत्री,लागाएतको अथित्त्ता रहेको थियो।
कार्यक्रममा सभापति,प्रमुख अथिती,विशेष अथिती बाट ब्यानर अनावरण दिप प्रज्वलन गरि उद्धघाटन गरिएको थियो। कार्यक्रममा देशको सम्झना लिदै राष्ट्रिय गितबाट गुनगुनाउदै सम्झेका थिए त्यस्तै देश राष्ट्रप्रती बलिदान दिनुहुने ज्ञात अज्ञात प्रती मोहनदारण सहित सम्झिएका थिए।

कार्यक्रम समाजका प्रथम उपाध्यक्ष चोम बिष्टले उपस्थित सबैलाई बिशेश धन्यवाद र समाज लाई यहासम्म ल्याउनु यहारुको सहयोग सद्भाव रहेको बताउदै स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बलराम जैसी,पुर्ण बहादुर बिष्ट,बम बहादुर खड्का,खगेन्द्र बिक,यज्ञराज केसि हिकमत अलि ले समाज सबैलाई एकतामा समेटेको र एकता हुनु आवस्यक रहेको सबै मिल्नुपर्छ भन्ने संदेश दिएका थिए ।

छवि गुरुङ,गोपाल केसि सुर्य बिक चेतमान रोकाले समाजले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको महान चाड दसै तिहार पर्वको अवसरमा रोल्पा परिवार भित्र मानाउदै आएको र यसपटकपनि प्रवासमा रहेर पहिल्यैको भन्दा फरक रूपमा एकताको संदेश मुलक कार्यक्रम रहेको साथै समाजले गरेका गतिविधि बारेमा प्रष्टपारेका थिए।

त्यस्तै कार्यक्रमको बीचमा प्रदेशमा रहेपनी स्वदेशमै रहेको अनुभुती आरहेपनी दिनेखालका मनोरञ्जनात्मक प्रस्तुति संगै हामी हाम्रो धर्म सस्कृती र परम्परालाई बचाइ राख्न र विशेषत देउसी भैलो मारुनी नाच नृत्य रमाइला रमाइला प्रस्तुति समेत रहेको थियो। प्रस्तुतिमा मत सुपर स्टार गित उदितस्व बुढाले गाएका थिए ।

त्यस्तै तुलसी आगनमा रोपौला बोलको गित यज्ञराज केसि,कमला गुरुङको हावा चल्यो सरर साथै घम्साघम्सी दोहोरी मा कमला गुरुङ र अनिल जिसि,साहारा प्रजाको एकल दामोदर नृत्य प्रस्तुति साथमा युनिका र साहाराको तामाङ सेलोमा नृत्य प्रस्तुति रहेको त्यस्तै दिपक कुवर,पुर्ण बिष्टले गजल मार्फत पनि आफ्नो जिल्ला अनि तिहार परिवेश समय सान्दर्भिक प्रस्तुत गरेका थिए।

कार्यक्रममा आफ्नै गाउँ परिवेश पुरानै सस्कृतिक झल्किने मारुनी नाछ नृत्य प्रस्तुत पुर्ण बिष्टको निर्तित्वमा रहेको थियो।देउसी भैलोमा अज्ञात क्षेत्रीले भट्याउदै सबैजना जम्मा भएर रमाइलो गरेका थिए। मन्तव्यको कर्ममा प्रमुख अथिती बसन्त थापाले सबैलाई धन्यवाद दिदै कार्यक्रम परिवार भित्रको जमघट देख्दा हामी रोल्पालीमा एकताको भावना सहयोग सद्भाव उल्लेखनीय रहेको बताए।

अन्त्यमा सभापतिले कार्यक्रम सब्य एवं भब्य रूपमा सफल पार्न सहयोग गर्नु हुने कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै रोल्पालि पर्ती माया गर्नु हुने समाजसेवी बुद्धिजीवी,शुभ चिन्तक कलाकार हरहरुको गरिमामय उपस्थितीको लागि हार्दिक धन्यवाद दिदै कार्यक्रम समाप्त गरेका थिए भने कार्यक्रम समाजका महासचिव देबराज पुनले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend