logo
  • शनिबार, साउन ३० २०८३

खुल्ला भलिवल प्रतियोगीता सुरु, २७ टिमको सहभागिता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल,बागलुङ असोज ३१।
दिपज्योती युवा परिवार वडिगाड गाउँपालिका वडा नं.२ सिमलचौरको आयोजनामा खुल्ला भलिवल प्रतियोगीता सरस्वती प्राविको प्राङ्गण सिमलचौर नेटामा सुरु भएको छ।२७ टिमको सहभागिता रहेको आजको प्रतियोगीतामा ८ टिमको पहिलो चरणको खेल सम्पन्न भएको छ। आज भएको खेलवाट शितल युवा क्लव,वडिगाड २ राक्से,जनसेवा युवा क्लव वि वडिगाड १ तुन्डाडा, रेश्क्यू युथ फोर्स मुसिकोट नगरपालिका २ मुसिकोट र सनराईज युवा परिवार ए वडिगाड २ दनिया दोश्रो चरणमा प्रवेश गरेका छन्। आज खेलको उद्घाटन प्रथम तथा द्धितिय पुरस्कारका प्रायोजक चुमाकान्त पोखरेल र टेकनारायण सापकोटाले गर्नुभएको थियो। कार्यक्रम खेल संयोजक सुवास रानाको अध्यक्षता तथा कोषाध्यक्ष वावुराम पौडेल र सदस्य वुद्ध पौडेलको संचालनमा सम्पन्न भएको थियो। खेल भोली विहान ७ वजेवाट सुरु हुने र पहिलो खेल जनसेवा युवा क्लव गुल्मी र रिभरहिल युवा क्लव खर्वाङ विच रहेको युवापरिवारका अध्यक्ष गणेशमान चालिसेले जानकारी दिनुभएको छ।

कार्तिक १ गते कार्यक्रमको समापन संग सहयोग दातालाई सम्मान तथा कलाकारहरुको प्रस्तुती तथा नृत्य लगाएतका विविध प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चालिसेले जानकारी दिनुभएको छ।

एक गते हुने कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष विष्णु भुसालको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend