साझा नेटवर्क
कमल पौडेल, बागलुङ (खर्वाङ) असोज २९ ।
गल्कोट नगरपालिका वडा नं. ११ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। जेष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरु र दलित वालवालिकाहरु गरि १ सय २० जनालाई आज ५ लाख वढि वितरण गरिएको वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ।
वडाकार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणलाई टोलटोलवाट गर्ने गरेको छ। आज विहान १० वजे सानो रिघा आधारभूत विद्यालयवाट, दिउसो १ वजे मनेवा आधारभूत विद्यालयवाट र दिउसो ४ वजे मनेवा पाटा वाट सुरक्षा भत्ता वितरण गरिएको छ। भने भोली विहान १० वजे खिरेदी धारा मन्दिरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष श्रीसले जानकारी दिनुभएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष डम्वर श्रीस, वडा सचिव कर्म प्रसाद गौतम, वडा सदस्य दल वहादुर वुढाथोकी, वडा सदस्य श्याम श्रीस तथा वडा सदस्य माया सिंजालीको सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend