logo
  • शनिबार, साउन ३० २०८३

वामीमा विविध प्रतियोगीतात्मक तथा साँस्कृतिक कार्यक्रम सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ असोज २९ ।
वामी स्टार ग्रुप मुसिकोट नगरपालिका वडा नं. ७ ढाव्रोटको आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आज उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले युवाको उर्जाशिल समय देशको विकासमा खर्चिने वातावरण अव राज्यले सिर्जना गर्ने वताउनु भएको छ।

भाषा तथा संस्कृति समाजको पहिचान भएको र त्यसलाई युवाहरुले संरक्षण गर्नुपर्ने भन्दै, देशको भविश्य संग नागरिकको भविश्य जोडिने हुँदा समाज विकासमा लाग्न युवालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा समाजसेवि रामकृष्ण कँडेल, वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, उद्योग वाणिज्य संघ मुसिकोट नगर समितिका अध्यक्ष सुदर्शन शाक्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ सापकोटाको अध्यक्षता, भुवन काफ्लेको स्वागत मन्तव्य तथा विवेक काफ्लेको संचालनमा सम्पन्न भएको थियो । ३ दिन सम्म चल्ने कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगीता, तथा राष्ट्रिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend