logo
  • आइतबार, असोज ११ २०८३

ग्वालीचौर श्रोत केन्द्रको नियमित वैठक सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ (खर्वाङ) असोज २९ ।
ग्वालीचौर श्रोत केन्द्रको नियमित वैठक आज भानुमावि ग्वालीचौरमा सम्पन्न भएको छ। ग्वालीचौर श्रोत केन्द्र भित्रका प्रधानाध्यापकहरुको सहभागिता रहेको वैठकले नयाँ श्रोतव्याक्ति चिरन्जीवि पौड्याललाई स्वागत गरेको छ ।

श्रोत व्याक्ति सोमनाथ पौडेलको सेवा वाट अनिवार्य अवकाश भएपछि ग्वालीचौर श्रोत केन्द्रको श्रोत व्याक्तिको रुपमा चिरन्जीवि पौड्याल आउनुभएको हो। वैठकले आर्थिक वर्ष २०७५/७५ को लागी भौतिक विस्तार योजनाको प्राथमिकिकरण गरेको छ ।

जसअन्तर्गत चारकोठे भवन तर्फ लौंगा मावि वडिगाड ४ जलजला, २ कोठे भवन तर्फ चण्डीथान प्रावि, बडिगाड २ दनिया, शौचालय तर्फ खड्कदेवि मावि बडिगाड १ तुन्डाडा, र मर्मत तर्फ देउराली प्रावि वडिगाड ५ ग्वालीचौरलाई पहिलो प्राथमिकतामा राखेको छ।

वैठकमा सवै विद्यालयका प्रधानाध्यापकहरुले मौखिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वैठक श्रोत व्याक्ति चिरन्जीवि पौड्यालको अध्यक्षता तथा त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend