logo
  • आइतबार, असोज ११ २०८३

बलात्कार गरेको आरोपमा सात महिनापछि युवक पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असोज २८ ।
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीका २६ बर्षिय पदम नेपाली बिरुद्ध बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

हाड नातामा पर्ने १७ बर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई गिरफतार गरेको छ । अरोपितले गत बैशाख १३ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका असई सत्य यादवले बताए ।

युवती गर्भवति भएपछि पीडित पक्षले सात महिनापछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । नेपालीले बिभिन्न धाक धम्की दिई हाड नातामा पर्ने युवतीलाई बलात्कार गरेका थिए ।

उनी बिरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगा बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend