साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज २८ ।
नेपाल टेलिकमले नमस्ते प्रिपेड सिमकार्ड निशुल्क वितरण गर्ने भएको छ । गुल्मीको मालिका गाउँपालिकाअन्तरगत सिमलटारी बजारमा यहि असौज ३१ गते सिमकार्ड निशुल्क वितरण हुन लागेको दुरसञ्चार कार्यलय गुल्मीले जनाएको छ ।
सिम लिनका लागि हालचालै खिचिएको १ प्रति फोटो र नागरिकताको १ प्रति फोटोकपि लिएर वडा कार्यलयमा उपस्थित हुनका नेपाल टेलिकम जिल्ला शाखा गुल्मीले सबैमा आग्रह गरेको छ ।
सिम वितरण गर्नको लागि दुरसञ्चार कार्यलयको टोली सिमलटारीमा जाने र उपभोक्ताले टोलिसँग सम्पर्क राखेर सिम लिन सक्ने दुरसञ्चार कार्यलय गुल्मीका प्रमुख हुमानाथ अर्यालले बताए । सिमलटारी बजरमा यसअघि नै नेपाल टेलिकमको मोबाइल टावर संचालनमा आइसकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend