साझा नेटवर्क
कमल पौडेल, बागलुङ (खर्वाङ) असोज २८ ।
चिनको राज्य सभाको मातहतको अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली सहित त्रिवि वनस्पति केन्द्रिय विभागको टोलीले आज गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ भर्मचौर लगाएतका स्थानमा अनुगमन तथा कृषि सम्भाव्यता अध्ययन गरेको छ । मुसिकोट नगरपालिका वडा नं. १ घर भई हाल चिनमा अध्ययन गर्दै आउनुभएका दामोदर भुसालको समन्वयमा सो टोली त्यस क्षेत्रमा आएको हो।
सोहि क्रममा भर्माचौर नमुना एकिकृति कृषि फार्मको आयोजनमा भएको कार्यक्रममा चिनको टोली प्रमुख प्रोफेसर योङहाङ च्याङले नेपाल चिनको सम्वन्ध ऐतिहासिक रहेको भन्दै भौगोलिक परिवेश मिल्ने भएकोले चिनको प्रविधिवाट नेपालले फाइदा लिन सक्ने वताउनु भएको छ। प्रोफेसर च्याङले चिन संग वितेका ४० वर्षको अनुभव रहेको भन्दै सो अनुभवले नेपालको प्रगतिको लागी फाइदा पुग्ने वताउनु भएको छ।
च्याङले आफुहरुको उद्धेश्य हरियाली वातावरण, स्थानिय कला संस्कृतिलाई जोगाउँदै विकास गर्नु रहेको वताउँदै, सोहि अनुरुप स्थानियको आवश्यकता अनुरुप मिलेर विकासमा सहभागी हुन चाहेको वताउनु भएको थियो। कार्यक्रममा त्रिभुवन विश्व विद्यालय वनस्पति केन्द्रिय विभागका प्रोफेसर डाक्टर राम कैलास यादवले चिनिया टोली संगै आफूहरुले विशेषज्ञको हैसियतले मिलेर काम गर्ने वताउनु भएको थियो।
कार्यक्रममा वडिगाड गाउँपालिका प्रमुख मेयर सिंह पाइजाले टोलीलाई अध्ययन क्षेत्र यसै क्षेत्रलाई छनौट गर्न आग्रह गर्दै पालिकाको तर्फवाट सवै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पनि चिनिया टोली वाट सिकेर राम्रो गर्न उत्साहित वनेको वताउनु भएको थियो।
सापकोटाले चिनले जस्तै कृषिमा आधुनिकीकरण गरेर नेपाली युवा लाई कृषि वाटै रोजगारी सिर्जना गरि विकास गर्न चाहेको वताउनु भएको थियो। कृषि अभियान्ता दामोदर भुसालले स्थानिय सरकारको प्रतिवद्धता, चिनिया टोली तथा वनस्पति विभागको भूमिका वाट सम्वृद्धि हासिल गर्ने दिसामा अगाडि वढ्ने चाहना रहेको वताउनु भएको थियो।
चिनले नविनतामा जोड दिएको, र इमान्दारीताको साथमा मिहनेत गरेर सम्वृद्धि हासिल गरेको वताउनु भएको थियो। कार्यक्रम कृषि फार्मका अध्यक्ष जिवन अर्यालको अध्यक्षता, सदस्य यादव घिमिरेको स्वागत मन्तव्य तथा सचिव दिननाथ शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कौडा, सोरठी, भैलो, सालैजो, पञ्चैवाजा प्रस्तुत गरिएको थियो।
मुसिकोट नगरपालिका तथा बडिगाड गाउँपालिकाका जनप्रतिनिधि सहित कृषकहरुको सहभागिता रहेको सो कार्यक्रम पछि सोहि स्थानमा रहेका कृषि फर्म तथा व्यावसायीक खेतीको अवलोकन गरिएको थियो। चिन वाट आएको टोलीलाई ग्वालीचौर देखिनै वाजागाजा सहित सम्मान तथा स्वागत गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend