logo
  • आइतबार, असोज ११ २०८३

अमर कल्याणको वाषिर्कोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी असोज २७ ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा रहेको अमरकल्याण महिला विकास बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं साधरण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । तम्घासको वालमन्दिरमा आयोजित साधरण सभाको जिल्ला सहकारी संघका अध्यक्ष एमबहादुर थापाले उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथी थापाले महिलाहरुले थोपा थोपा सिंचेर स्थापना गरेको त्यस सहकारी संस्थाले अहिले करोडौंको कारोवार गर्न सफल भएको र सामाजिक क्षेत्रको विकासमा समेत टेवा पुराएको प्रति सह्राना गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधीहरुको समेत विशेष आतिथ्यता रहेको थियोा । साधारण सभामा कोषाध्यक्ष गिता पाण्डेले १ करोड ५२ लाख २१ हजार वरावरको आयव्याय पेश गर्नु भएको थियो ।

उक्त सहकारी संस्थाकी अध्यक्ष गंगा थापाको अध्यक्षतामा सम्पन्न साधरण सभामा उपाध्यक्ष उमा चुँदाराको स्वागत मन्तव्य र सचिव सरस्वती मरासीनीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend