साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असोज २८ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ । हिजो वसेको गाउँ कार्य समितिको बैठकले यस्तो निर्णय गरेकगाउो त्यस कार्य समितिकी प्रवत्ता कविता बिकले जानकारी दिनु भयो ।
गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा बन्ने ऐनमा कार्यकारी अधिकृत र स्वास्थ्य संस्थाका प्रतिनिधी सदस्य रहने गरी निर्णय भएको प्रवत्ता बिकले बताउनु भएको छ । त्यस्तै सोही बैठकले धुर्कोट गाउँपालिका भित्र खरका छान विस्थापन गर्ने यस अघिको निर्णयलाई कार्यन्वयन गर्न कार्यविधि समेत पारित गरेको छ ।
खरका छानाको लगत संकलन गरी अव छिट्टै टिनका छाना निमार्ण कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनु भयो । पोखरेलका अनुसार अव देखि कुनै पनि धुर्कोटवासी सुकुम्वारी हुन पर्ने छैन् । त्यसका लागि हरेक वडा भित्र सुकुम्वासीहरुको लगत संकलन गरी १५ दिन भित्र गाउँपालिकामा पठाउन गाउँपालिका अध्यक्ष पोखरेलले सवै वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।
बैठकले पिपलधाराको खड्क क्षत्र मन्दिर निर्माणका लागि त्यहाँ रहेको जिर्ण स्वास्थ्य र समाग्री लिलाम विक्रि गर्न र अन्य स्थानका त्यस्ता संरचना र सामग्री भए खोजी गर लिलाम विक्रि गर्न समेत निर्णय गरेको छ । बैठकले धुर्कोट गाउँपालिका भित्र लघु उद्यम तथा व्यवसायिक सिप विकासका लागि उद्यम विकास समिति समेत गठन गर्ने भएको छ ।
त्यसका लागि कोष स्थापन समेत गरिने भएकोछ । धुर्कोट गाउँपालिकाले तत्कालै प्रत्येक वडाबाट दुई जनाका दरले १४ जना वेरोजगार युवा युवतीलाई प्रत्यक्ष रोजकारी दिनका लागि विभिन्न सिप विकास तालिममा पठाउन लागेको गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको संयोजकत्वमा धुर्कोटमा एफएम रेडियो सञ्चालन कार्य विधि समेत बनाईने भएको छ ।
अव छिट्टै कार्यविधि बनाएर रेडियो सञ्चालन गरिने र त्यस पुर्र्व शेयर आव्हान गरिने संयोजक खत्रीले बताउनु भयो । उहाँका अनुसार हिजोको बैठकले प्रति शेयर २० हजार तोकेको छ । ५१ प््रतिशत रकम धुर्कोट गाउँपालिकाले रेडियो सञ्चालनका लागि ७ लाख छुट्टाएको छ । हरेक वडाध्यक्षले वडावासी संग शेयर आव्हान गर्ने छन् ।
शैक्षिक क्षेत्र र पत्रकारहरु विच शेयर आव्हान त्यहाँका शिक्षक दधि खनालको संयोजकत्वमा गरिने छ । देश विदेशमा रहेका धुर्कोटवासी संग प्रेस संयोजक प्रेम सुनारले शेयर आव्हानका लागि समन्व्य गर्ने बैठकले जिम्मेवारी दिएको छ
यसै विच गुल्मीको धुर्कोट गाउँ कार्यपाालिकाले आ–आफ्नो घर, पसल, कार्यालय, संघ संस्था सरसफाई नगर्नेलाई कार्वाही गर्ने भएको छ । हिजो वसेको गाउँ कार्यपालिकाको छैठौं बैठकले यस्तो निर्णय गरेको त्यस पालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिनुभयो ।
प्रवत्ता बिकका अनुसार सो गाउँपालिकाले ७ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ । सो अनुसार विशेष गरी संघ संस्था र वजार व्यवसायीहरुले पालना नगरे कार्वाही गर्ने भएको छ । उक्त प्रतिबद्धता पत्रमा पहिलो पक्ष वडा कार्यलय र दोश्रो पक्ष सम्वन्धीत व्यवसायी वा संघ संस्थाले हस्ताक्षर गर्ने छन् ।
हरेकले शौचालयको प्रयोग गर्ने, सावुनले हात धुने, घर वरीपरी नियमित सरसफाई गर्ने, व्यक्तिगत सरसफाई गर्ने, पिउने पानीको सुरक्षित भण्डार एवं शुद्धिकरण गर्ने, संघ संस्था आदिले सरसफाई हामीले होईन मैले नै गर्छु भन्ने मानसिकता लिएर सरसफाई व्यवस्थापनमा जुट्ने उक्त प्रतिबद्धतामा उल्लेख छ ।
अव छिटै गाउँपालिकाले टोल टोलमा फोहर मलाई राख्ने र धुर्कोटलाई स्वच्छ र हराभरा बनाउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनु भएको छ । स्थानिय तहको निर्वाचन पछि त्यहाँका सवै जनप्रतिनिधीहरु ध्धुर्कोटलाई नमुना बनाउन कम्मर कसेर लागेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend