साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज २५ ।
गुल्मीमा वन्यजन्तुबाट क्षति भएकाहरुले राहत पाएका छन् । बुधवार जिल्ला वन कार्यालय गुल्मीमा आयोजित एक समारोहका बिच जिल्लाका बिभिन्न स्थानहरुमा बन्यजन्तुबाट मानविय तथा चौपायाँहरुमा भएका ४ जनालाई क्षतीपूर्ति स्वरुप राहत बितरण गरिएको हो ।
जिल्लामै पहिलो पटक वन्यजन्तुबाट क्षतीपूर्ति पाएका हुन् ।
वन्यजन्तुबाट घाइते भएका मदाने गाउँपालिका वडा नम्बर ७ निवासी भरत पन्थी, गुल्मीदरवार गाउँपालिका वडा नम्बर ५ निवासी नरबहादुर खड्का,सोहि गाउँपालिका वडा नम्बर ६ निवासी ज्योति श्रेष्ठ,सोहि निवासी संगिता खड्काले राहत पाएका हुन् । बदेलबाट घाइते भएका भरत पन्थीले रु १ लाख पाएका छन् ।
चितुवाबाट २ वटा बाख्रा क्षतीपूर्ति स्वरुप नरबहादुर खड्काले रु १९ हजार ५ सय, चितुवाबाट १ गाई र १ बाख्राको क्षतीपूति स्वरुप ज्योति श्रेष्ठले रु २० हजार, चितुवाबाट १ वटा बाख्राको क्षतीपूति वापत संगिता खड्काले रु १० हजार राहत पाएका छन् । राहत पाउँने ४ जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, जिल्ला वन अधिकृत बिशाल घिमिरेले चेक मार्फत हस्तातरण गरेका थिए ।
बदेलबाट घाइते पन्थी २०७३ साल चैत्र ३१ गते आफनै वारिमा धपाउने क्रममा घाइते भएका थिए । उनि बदेल नभई दुम्सी भनेर धपाउने क्रममा उनिमाथी आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । घाइते पन्थीलाई बिभिन्न अस्पताल हुँदै काठमाडौंको बिर अस्पतालमा लामो उपचार पछी निको भएको थियो ।
अन्य ३ जनाको गत वर्षको भाद्र महिनामा चितुवाको अक्रमणबाट चौपायाँमा क्षती भएको थियो । राहत हस्तातरण कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले कुन वन्यजन्तुबाट कसरी आक्रमण गर्छ भन्ने मानिसमा चेतनाको अभाव रहेको बताए । उनले कुन वन्यजन्तुले आक्रमण गर्छ, कसरी बच्ने जस्ता बिषयमा सबैलाई जानकारी दिने ब्यावस्था मिलाउन वन कार्यालयलाई आग्रह गरे ।
रातह लिदै बदेलबाट घाइते पन्थी भने घाइते अबस्थामै उपचारको क्रममा वन्यजन्तुबाट आक्रमणमा परेकाहरुले बिलहरु सँगै घटना खुल्ने कागजपत्र भए सरकारबाट राहत मिल्ने सुनेपछी आफुले निबेदन दिएको बताए । सरकारबाट मिलेको राहतले आफनो दुखेको घाउमा मलमको रुपमा काम गरेको बताए । नेपालमा १४ वटा वन्यजन्तुले आक्रमण गरे क्षती पाउने ब्यावस्था रहेको छ ।
क्षती पाउने बन्य जन्तुहरुमा हात्ती, गौंडा बाघ, भालु,चितुवा,हिउँचितुवा,ध्वाँसे चितुवा,ब्वाँसो, जंगली कुकुर,जंगली बंदेल,अर्ना, मगर गोही, अजिंगर,गौरीगाई लगायतका वन्यजन्तुबाट घाइते वा मृत्यु भएमा क्षती पाउने ब्यावस्था रहेको छ । घटनाबाट क्षती लिन बिभिन्न घटनाहरु प्रमाणीत हुने कागजपत्र पेस गर्नु पर्ने ब्यावस्था रहेको जिल्ला बन अधिकृत घिमिरेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend