logo
  • शुक्रबार, असोज ९ २०८३

मेयरमा हारे पनि प्रदेशमा जित्छु : खुमबहादुर थापा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असोज २४ ।
स्थानिय तहको निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिकाको मेयरमा पराजित नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खुमबहादुर थापाले गुल्मी क्षेत्र नम्वर २ को ‘क’ प्रदेशमा प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यका लागि टिकट पाएका छन् ।

सो पार्टीको ५ नम्वर प्रदेशबाट हिजो साँझ मात्र सवै तहका उमेदवारहरुको छनौट टुङ्गाएर पठाएको लिष्टमा थापा पनि प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् ।

द्धन्द्धकाल देखि पुर्णकालिन सदस्य रहेका थापा एमाले र कांग्रेसको वाहुल्य रहेको मुसिकोट नगरपालिकाको मेयरमा पराजित भए पनि सम्मान जनक मत ल्याएका थिए । जनयुद्धकालमा गुल्मीका विभिन्न तत्कालिन ईलाकाहरुको कमान्ड सम्हालेका थापाले शान्ति प्रकृया पछि पार्टीको तर्फबाट यहाँको शैक्षिक क्षेत्रको नेतृत्व समेत सम्हाल्दै आएका छन् ।

‘स्थानिय तहको निर्वाचनमा त्यति वेला पार्टी संगठनको अवस्था कम्जोर भएकोले मैले हार्नु स्वभाविक थियो’ थापाले भने–‘ तर अहिले संगठन पनि बनेको छ र अन्य राजनैतिक दलहरुबाट पनि मैले समर्थन पाउने छु र यहाँका जनताले दल भन्दा पनि कुशल नेतृत्व चुनेर जिताउने छन भन्ने अपेक्षा लिएको छु ।’

सो नगरपालिका –३ , साविकको वडागाउँ ७ चौर निवासी थापालाई त्यस क्षेत्रको मोटरवाटो र शैक्षिक संस्थाको विकासमा अन्य राजनैतिक दलहरु संग पनि सहकार्य गर्दै अगाडी बढेका त्यस क्षेत्रका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend