साझा नेटवर्क
सिताराम थापा, कतार ।
लम्जुङ सेवा समाज कतारले आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना अदानप्रदान तथा रमाइलो साङितिक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
कतारको मुख्य सहर दोहा देखि करिब ४० किलोमीटर टाढा सहानियामा पर्ने सुबिधा सम्पन्न अलदोसरी पार्कको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका लम्जुङे चेली मन्जु बिकले आफ्ना थुप्रै साङितिक प्रस्तुती मार्फत उपस्थित दर्सकहरु लाई भरपुर मनोरन्जन प्रदान गरिन ।
लम्जुङ तथा आसपास क्षेत्रमा प्रख्यात ठाडो भाकामा पनि विशेष दक्खल भएकी गायिका मन्जुले स्टेज बाट ठाडो भाकाका दुई चार टुक्का छोड्न थाले पछि उपस्थित दर्शकहरु खुसिले नाच्न थालेका थिए त्यस पछि क्रमस एक पछि अर्को गर्दै उनले आफ्ना चर्चित गितहरु गाउन थाले पछि जवान युवायुवती तथा उपस्थित दर्सकहरु आफ्नो सिट छोडेर मन्च तर्फ आइ पसिनै पसिना हुने गरि मस्ती नाचेका थिए ।
दसै जस्तो महान पर्वमा आफ्नो जन्म भुमिमा पुगेर आफ्ना जहान परिवारको साथमा टीका टाला गरि दसै मनाउन नपाएको पीडालाई प्रबास मै भए मन्जुका रमाइला गितहरु ले केही बेरका लागि भए पनि सबैलाई भुलाइ दिएको थियो ।
स्थानिय कलाकारहरु दिपक कमली ,अजित अविरल , रित कुमार श्रेष्ठ , रिना तिमिल्सिना, कमला गुरुङ तथा नेपाल तामाङ कलाकार संघका कलाकारहरुको थुप्रै साङितिक प्रस्तुतिहरुले कार्यक्रमलाई खुब रमाइलो बनाएको थियो ।
कार्यक्रमको बिच समयमा अल दोसरी पार्कका मालिकले नेपाली समुदायलाई सुभ कामना तथा धन्यवाद दिएका थिए भने दोसरी पार्कका तर्फबाट दुई जना जादुगरले खुब अनौठा र अपत्यारिला जादुकला प्रदर्सन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
स्थानिय दोहोरी गायक लेख बिलास बिसुराल र मन्जु बि क को ” आधी खोला उर्लेर आयो ” भाकाको दोहोरी घम्साघम्सीले दर्सकहरु लाई प्रबासमा पनि दोहोरी गितको प्यास मेटाएको थियो । उता लोपोन्मुख ठाडा भाकाका अर्का नबोदित गायक ठाकुर गुरुङ( राइनासे कान्छो ) ले पनि मौकामा चौका हान्दै मन्जु बि क सङ ठाडा भाकाको दोहोरी झटारो हान्न भ्याएका थिए ।
दोहाका विभिन्न नेपाली सामाजिक सघ सस्था , जिल्ला सस्थाहरु , राजनितिक भात्री संगठन , साङितिक सस्था , जातिय सस्था आदिका प्रमुख तथा प्रतिनिधि एवम समाज सेबि ,सामाजिक अभियन्ता , ब्यबसायी तथा बुद्धिजीवीहरु , पत्रकारहरु सबैको बाक्लो उपस्थिती रहेको कार्यक्रममा मन प्रसाद राना मगर , करिम बक्स मिया , शनि कुमार ओलि , ईश्वर काफ्ले , कृष्ण बराल , हुसेन खान र सुदर्शन भट्ट आदिले उपस्थित सबैलाई बिजया दसमी तथा सुभ दिपाबलीको सुभ कामना दिनु भएको थियो ।
सस्थाका अध्यक्ष बिष्णु लाल श्रेष्ठको अध्यक्षता , मन्जु बिक को प्रमुख आतिथ्यता रहेको सो रमाइलो कार्यक्रममा प्रथम उपाध्यक्ष खुसीराम गुरुङ ले उपस्थित सबै जनालाई स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए भने सस्थाका महासचिब सिताराम थापा र सचिब युबराज गुरुङले कार्यक्रम सन्चालन गरेका थिए ।
नेपालकि चर्चित गायिका तथा डान्सर भावना आचार्यलाई पनि सस्थाका सल्लाहकार कृष्ण बरालको बिशेष सहयोगमा सोही कार्यक्रममा निमन्त्रणा गरिएको भएता पनि उनको पासपोर्टमा देखिएको त्रुटीका कारण कतार विमान स्थल आइपुगेर पनि कार्यक्रममा उपस्थित हुन नसकी फर्कनु परेको पीडा भने कार्यक्रम अबधी भरी सबैले महसुश गरिरहेका थिए ।
लम्जुङ सेवा समाज कतारले दसै तिहार सुभ कामना आदान प्रदान तथा रमाइलो साङितिक कार्यक्रमको समापन पछि ७ अक्टोबर शनिबार बेलुका गायिका मन्जु बि क लाई दोहाको वयल्कम रेस्टुरेन्टको सभा हलमा सम्मान तथा रात्री भोज गरि बिदाइ गरेको थियो । सो कार्यक्रममा विश्वकर्म सेवा समाज कतारको तर्फ बाट पनि उनलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान तथा बिदाइ गरिएको थियो ।
उक्त कार्यक्रममा मन्जुले कतारमा आफू प्रती लम्जुङे तथा गैर लम्जुङे सम्पुर्ण नेपाली समुदायले गरेको माया र सम्मान आफुले कल्पना गरेको भन्दा पनि बढि पाएको भन्दै आयोजक र सबै सहयोगीहरु लाई धन्यवाद ब्यक्त गरेकी थिइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend