साझा नेटवर्क
पदम गिरी, कतार ।
तनहुँ सेवा समाज दोहा कतारले ५ अक्टोबर २०१७ साझ सनैया स्थित २६ नम्बरमा एक कार्यक्रमका आयोजना गरि समाजका निबर्तमान अध्यक्ष पदम बहादुर बि.क लाई बिदाइ तथा सम्मान गरेको छ।
सस्थाको अध्यक्ष केश बहादुर गुर्माछ्न मगरको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा समाजका पुर्ब अध्यक्ष धन बहादुर परियार प्रमुख अतिथी र विशेष आथितीमा सस्थाका पुर्ब अध्यक्ष तोयानाथ पौडेल र पुर्ब सल्लाहकारहरु नबराज बि क ,रित कुमार श्रेष्ठ ,श्रीराम मल्ल,भरत बगाले साथै पुर्ब कार्यसमिती का प्रथम उपाध्यक्ष रेशम तामाङ पुर्ब महासचिव बलराम गैर्हे ज्युको उपस्थित थियो।
उक्त कार्याक्रममा निबर्तमान अध्यक्ष पदम बहादुर बि क ज्यु लाई प्रमुख अथितीले दोसल्ला ओडाएर सम्मान पत्र हस्तान्तरण गर्नुभयो,भने अध्यक्ष केश बहादुर थापाले मायाको चिनो स्वोरुप उपहार दिदै खादा लगाएर सम्मान गर्नु भएको थियो । साथै बिशेष अथिती ज्युहरु द्वारा निबर्तमान अध्यक्ष पदम बहादुर ज्युले समाजमा दिनु भएको योगदानको प्रसम्सा गर्दै उहाको शुखद यात्राको कामना गर्दै बिदाइ गर्नु भएको थियो।
तनहुँ बासीहरुको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रम सस्थाका महासचिव पदम गिरीले कार्यक्रम सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष मिन राज बि क ले गर्नु भएको थियो।
उक्त कार्यक्रममा दसौं अधिबेशनबाट निबार्तन हुनु भएको कार्यसमितिले नबनिर्बाचित समिती लाई पदभार जिम्मेवारी तथा सस्थाको मातहतमा रहेको सम्पुर्ण कागजातहरु हस्तान्तरण गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend