साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २१।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ४ रैदीमा जीप दुर्घटना हुदा चार जना घाइते भएका छन् ।
इस्मा गाउँपालिका ५ मैदानबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप स्टेरिङ्ग फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।
दुर्घटनामा इस्मा गाउँपालिका ५ का २७ बर्षिय मिना बस्नेत, २९ बर्षिय बिष्णु कुवंर, ६६ बर्षिय लिल बहादुर बस्नेत र ३२ बर्षिय राम बहादुर भण्डारी घाइते भएको थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता गंगाबहादुर थापका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । जिप स्टेरिङ्ग फेल भएर सडकमा पल्टीएको थियो । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend