logo
  • आइतबार, असोज ११ २०८३

धुले पहिरोका कारण गुल्मीमा अत्यावश्यक वस्तुको अभाव


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज १८ ।
८ दिनपछि एकतर्फि रुपमा संचालनमा आएको रिडि–तम्घास सडकखमा फेरी पहिरो खसेको छ । उक्त सडकखण्ड अन्तरगत रेसुङ्गा नगरपालिका १३ भगारीमा गाडि सुचारु भएको केहिबेरपछि नै पहिरो खसेपछि बाटो पुन अवरुद्ध बनेको हो । रिडि–तम्घास सडकखण्ड पटकपटक अवरुद्धा हुँदा भने जिल्लाबासी निकै निराश भएका भएका छन् ।
नेपालीहरुको महान चाडमा पनि भंगेरीमा यात्रुहरु पैदल यात्रा गरेर बाटो काट्ने गरेका थिए । त्यसपछि पनि पाल्पा, बुटबल लगायतका क्षेत्रहरुमा फर्किनेहरु पनि भंगेरीमा पैदल यात्रा गरी सवारी साधन परिवर्तन गरेर मात्र आफ्नो कार्यक्षेत्रमा पुग्ने गरेका थिए । यहि असौज १२ गते धुर्कोट बडादसैँ मेलामा जान लागेका नेपाली चलचित्रका महानायक राजेश हमाल पनि उक्त भंगेरीकै पहिरोमा आधा घण्टा पैदल यात्रा गरेका थिए ।

आज बिहानबाट एकतर्फि रुपमा बाटो संचालन भएको प्रशासनले जानकारी दिएपनि दिउँसो पुन पहिरो खसेपछि बाटो पुन अवरुद्ध बनेको छ । यत्तिका दिनसम्म पनि प्रशासन तथा सम्बन्धित निकायले वैकल्पिक बाटोको ब्यवस्था नगरेको, सम्बन्धित निकायले पहिरोप्रति कुनै चासो नदेखाएको जस्ता आरोपहरु प्रशासनमाथि लग्न थालेका छन् ।

भंगेरीमा पहिरो गएपछि सिमिचौरको बाटो हुँदै यात्रा गर्नेलाई भने बढी भाडा तिर्नुपरेको यात्रुहरुको गुनासो छ । यहि मौका छोपेर गाउँबाट सिधै बुटबल जाने सवारी साधनले तम्घासमै मनपरि भाडा लिनेका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोकका मेघराज नेपालीले आफू बुटबलबाट तम्घास आउदा पाचँ सय पचास बसलाई भारा तिरेको बताउनुभयो ।

जबकी बुटबल–तम्घास बस भाडा अहिले तिनसय १५ रुपैँया मात्र छ ।
अहिले गुल्मी हुँदै बुटबल जानुपर्ने अधिकाशं मानिसहरु तम्घासबाट सन्धिखर्क हुँदै पनि गएका छन् । जनजन भंगेरीको पहिरोमा पैदल यात्रा गरेपनि सिद्धबाबामा खसेको पहिरोका कारण सुरक्षित यात्रा गर्ने उदेश्यले उनीहरु अर्घाखाँचि सदरमुकाम सन्धिखर्क हुदँै बुटबलसम्म जाने गरेका छन् । त्यसरी गरेको यात्रा भने बढी खर्चिलो हुने गरेको छ ।

८ दिनसम्म सडक अवरुद्ध हुँदा पाल्पा, बुटबल, काठमाडौ, सुनौली, पोखरा लगायतका स्थानबाट आउने ठूला तथा साना कुनै पनि किसीमका सवारी साधनहरु चल्न सकेका छैनन् । उक्त सडकको विकल्पको रुपमा सिमिचौर हुँदै गएपनि त्यो भरपर्दो छैन् । जसले गर्दा गुल्मीमा पेट्रोल, तरकारी,दाल, चामल लगायतका खाद्यान्न, ठूला मेसिनरी सामानहरु आयात हुन सकेका छैनन् ।

जसले गर्दा जिल्लामा अत्यावश्यक सामाग्रीको आयात हुन सकेको छैन् । त्यस्तै पहिले यातात गरिएका बस्तुहरुमध्ये पेट्रोल उपलब्ध हुन सकेको छैन भने अन्य सामाग्रीहरुको पनि मूल्य बृद्धि हुन थालेको उपभोक्ताहरुले बताएका छन् ।
प्रशासनले भंगेरी पहिरोमा यात्रालाई सहज बनाउनका लागि काम पनि गरिरहेको छ तर सार्थकता पाउन सकिरहेको छैन ।

डोजर लगाएर पहिरो सफा गर्दावित्तिकै फेरी माथिबाट पहिरो खस्ने क्रम सुरु हुने भएकोले काम गर्नेलाई समेत अप्ठ्यारे परेको छ । उक्त सडक हेर्ने पाल्पा डिविजन सडक कार्यलयका प्रमुख बाबुराम सापकोटाले बाटो कहिलेसम्म खुल्छ भन्नेमा अन्योलता रहेको बताए । ‘काम पनि नभएको हैन, परिणाम देखिएको छैन ।

उनले भने, ‘काम गर्न पनि जोखिम रहेकोले कहिलेसम्म खुल्छ भन्नेबारे केहि भन्न सकिन्न ।गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले बाटो खुलाउन फेरी पनि पहल भइरहेको बताउनुभएको छ ।

आफूको ध्यान पहिरोमै रहेको हुँदा जति सक्दो छिटो उक्त बाटो संचालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो । बैकल्पिक बाटोको ब्यवस्था नहुँदा यात्रुलाई समस्या परेको कुरा स्वीकार गर्दै प्रजिअ अर्यालले कुनै दीर्घकालिन उपाय अपनाएर त्यसको विकल्प खोज्नुपर्ने बताउनुभएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend