साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी असोज १८।
इन्दिरा युवा क्लव धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलले निर्मला केसी बचाउ अभियान सुरु गरेको छ ।
धुर्कोट रजस्थल निवासी बद्री बहादुर खत्रीकी ११ बर्षकी छोरी निर्मला खत्रीको मुटुको भल्भ खराब भई प्रत्यारोपण गर्नको लागि बचाउ अभियान सुरु गरेको हो। खत्रीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोेले आर्थिक संकलन गरी उपचारमा सहयोग गर्ने उदेश्यले ‘निर्मला केसी बचाउन अभियान’ सुरु गरिएको क्लवका सचिव कृष्ण बहादुर केसीले जानकारी दिए ।
अभियानको सुरुमा क्लवले १० हजार रुपैँया राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिदिएको छ। त्यसैगरि क्लवले यहि असौज १० गतेदेखि १२ गतेसम्म धुर्कोट गाउँपालिका ४ जैसिथोकमा सम्पन्न भएको धुर्काेट बडादसैँ मेलामा पनि पिडित केसीको उपचारमा सहयोगका लागि आर्थिक संकलन समेत गरेको थियो । हालसम्म पिडित बालिकाको नाममा २५ हजार रुपैँया मात्र संकलन गरिएको क्लवले जनाएको छ ।
पिडित केसीको परिवार २०७२ को भुकम्पले घर पूर्णरुपमा क्षति भएकोले अहिले गोठमा बस्दै आइरहेका छन् । इन्दिरा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा खत्रीले आफ्नो उपचारमा आर्थिक सहयोग गरि जिवन बचाइदिन सबैमा आग्रह गरेकी छिन् । मुटुरोगबाट पिडित खत्रीले आफू पढेर ठूलो मान्छे सपना समेत रहेको बताइन् । ‘पढेर केहि न केहि गर्छु भन्ने अठोट लिएकी छु ।’ ११ बर्षिया बालिका खत्रीले भनिन्, ‘तर के गर्ने, बिरामी परेपनि उपचारको लागि घरमा पैसा छैन ।
’ उनको उपचारको लागि सहयोग रकम संकलन गर्दै आएको इन्दिरा युवा क्लवले पनि उनको उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । जसका लागि उसले क्लवका सचिव कृष्ण बहादुर केसीको फोन ९७४७०६७३९८ अथवा स्थानिय पत्रकार दधिराम खनालको फोन ९८४७१८४०१५ मा सम्पर्क गरी सहयोग गरि सबैमा आग्रह गरेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend