logo
  • आइतबार, असोज ११ २०८३

फेरी अर्की एक्ली बृद्धालाई घरमा तिन दिन सम्म थुनियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार,गुल्मी असोज १६।
घरमा एक्लै बसेकी छिमेकी जिल्ला अर्घाखाँचीकी एक बृद्धाको हत्या भएको एक हप्ता नवित्दै गल्मी जिल्लामा पनि घरमा एक्लै बसेकी अर्की बृद्धालाई अज्ञात व्यक्तिले गर–गहना लुटेर तिन दिन सम्म घरमा थुनेका छन् ।

छत्रकोट गाउँपालिका वडा नम्वर ३ साविकको हर्दिनेटा ७ चोयगाकी अन्दाजी ७५ वर्षिया बृद्धा पुतली टण्डनलाई टिकाको अघिल्लो दिन देखि अज्ञात व्यक्तिले घरमा थुनेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धिवेदीेका अनुसार ति बृद्धा थुनिएको थाह पाउन साथ उनलाई प्रहरीले थुनामुक्त गरी उपचारका लागि पाल्पा मिशन अस्पतालमाा पठाईएको छ ।

श्रृङ्गा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाट निकालेर पाल्पा पठाएको र एक जना शंका स्पद व्यक्तिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रिडीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी प्रमुख द्धिवेदीले बताए । तिन दिन देखि थुनिएकी बृद्धाको आँखामा रगत जमेकेको छातीमा गम्भीर समस्या देखिएको बताईएको छ।

उनका नाती कृष्ण टण्डनका अनुसार बृद्धको कानमा लगाएको करिव डेढ तोलाको सुनको रिङ्ग,नाकको फुली र हातमा लगाएको चाँदीको बाला लुटिएको छ। उनका तिन भाई छोराहरु मध्ये एक भाई गत २६ वर्ष अघि देखि बेपत्ता रहेका छन् । दुई छोराहरु मध्ये एक जना भारतिय सेनमा रहेका छन भने अर्का दिल्लीमा कार्यरत छन् ।

दुवै भाई घरमा नभई पछि ति बृद्ध एक्लै बस्दै आएकी थिईन । केही दिन अघि अर्घाखाँचीको भगवतीमा पनि छोराहरु देश प्रदेश रहेर घरमा एक्लै बसेकी बृद्धालाई अज्ञात व्यत्तिले लुट्पात गरी सिलौटोले हानेर हत्या गरेका थिए ।

छोरा बुहारी घरमा नबस्ने बृद्धा बृद्धाहरु घर कुरुवा जस्तै भएर एक्लै बस्ने भए पछि लुटेराहरु निशाना उनिहरु हुन थालेका छन् । पछिल्लो यो घटनाले बृद्धा बृद्धाहरुलाई असुरक्षा महशुस भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend