साझा नेटवर्क
राजु पौडेल, कतार ।
मोना कतार अन्तर्गत रहेको खेलकुद बिभागले बिजया दशमी २०७४को अवसर पारेर आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता यहि सेप्टेम्बर २८ र २९ तारिख सम्पन्न गरेको छ । दोहा सहर देखि केहि किलोमिटर टाढा रहेको सनैया (औधोगिक क्षेत्र)को स्ट्रिट नम्बर ४१को लेफ्ट साइड स्थित खालिद सिमेन्ट कम्पनीको खेल मैदानमा सम्पन्न उक्त खेलमा मोना कतारको २ टिम समेत कतारमा सक्रिय रहेका बिभिन्न संघ सस्था तथा क्लबका गरी कुल २० टिमको सहभागिता रहेको थियो ।
विजया दशमी २०७४ को शुभकामना आदानप्रदान सहित आयोजित उक्त भलिबल प्रतियोगितामा संस्थाका सल्लाहकार नरेन्द्र फगामी प्रमुख अतिथि, प्रमुख सल्लहाकार किरण शाही बिशेष अतिथि, सल्लाकार हिमाल सुबेदीको उपस्थिति रहेको थियो । मोना कतारका महासचिब राजु पौडेल , कार्य समिति सदस्यहरु थम गिरि , भुमिस्वोर सापकोटा लगायतको उपस्थिति थियो ।
उक्त खेललाई कार्यबाहक अध्यक्ष चित्र बहादुर चोखालले सभापतित्व गरेका थिए । बिहिबार राति अबेरबाट सुरु भएको खेलको उद्घाटन सस्थाका प्रमुख सल्लाकार किरण शाहीले गरेका थिए । हरेक खेलहरु निकै प्रतिस्प्रधात्मक थिए । दोहामा निकै लामो समय देखि आफनो दबदबा कायम गर्दै आएको म्याग्देली टिमले आफनो दबदबालाई निरन्तरता दिएको छ ।
बिभिन्न चरणहरु पार गर्दै पहिलो सेमी फाईनलमा प्ये ल्हु संघ कतारले पाल्पा रामपुरलाइ सेमिफाइनलमा १ का बिरुद्द २ सेट जित निकाल्दै फाइनल यात्रा तय गर्यो भने Q.R.C. को सामना गरेको मोना कतारले पनी १ का बिरुद्द २ सेट जित निकाल्दै तमु संगको फाइनल यात्रा निश्चित गरेको थियो । टिटी सिस्टममा खेलाइएको सम्पूर्ण खेलहरुको फाइनल पनि समय अभाव का कारण बेस्ट अफ थ्री को आधारमा रहेर खेलाइएको हो ।
तृतीय स्थानको लागि भएको Q.R.C. र पाल्पा बिचको खेलमा पाल्पाले १६ का बिरुद्ध २५ र १७ का बिरुद्ध २५ अंक लिंदै तृतीय हुन पुग्यो साथै फाइनल खेलमा मोना कतार र तमु बिचको खेलमा १९ का बिरुद्ध २५, २५ का बिरुद्ध २१ र २१ का बिरुद्ध २५ अंक लिंदै उपाधि रक्षा गर्न सफल भएको हो प्रतियोगिता को उत्कृष्ट शटर पाल्पा रामपुर का खेलाडी पल घर्ति मगर लाइ र उत्कृष्ट खेलाडी मोना कतारका रामचन्द्र खड्का ले प्राप्त गरेका थिय ।
प्रतियोगितामा एम्पायर किरण जंग शाही, आश्विन मल्ल प्रेम शेरचन अमृत श्रीपाली दिशान्त पुन ओम ओली र अन्य सहभागी टिम बाट समेत सहयोग लिएको थियो । सेमी फाइनल देखि नै निकै प्रतिस्पर्धात्मक रहेका हरेक खेलमा मोना कतारको टिमको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।
भिम परियारको कप्तानीमा मैदानमा उत्रेको टिमको ब्यबस्थान तथा कोचको जिम्मेवारी आकास रसाइलीले समालेका थिए । प्रेम शेरचन ,रामचन्द्र खड्का, सुनिल खड्का, रोहित पुन, अबिसेक छेत्री, राम लामेछाने, दिशान्त पुन, पदम थापा, मिमल ओली खेलाडीहरु रहेका थिए क्रमसः प्रथम, दिप्तिय र तृतीय पुरुस्कार क.रि २१०१/- , १४०१/- ७०१/- कप मेडल र प्रमाण पत्र रहेको थियो ।
कार्यक्रमको पुरुस्कार बितरण समारोहमा बोल्दै खेलकुद विभागका संयोजक तथा टिमका म्यानेजर समेत रहनु भएका आकास रसाइली ज्युले यस कार्यक्रम सफल पार्न प्रतियोगिता भर पानी प्रायोजन गर्ने मोना कतारका सदस्य मति प्रसाद जुग्जाली, भलिबल, नेट र प्रथम पुरस्कारको लागि मेडल प्रायोजन गर्ने मोना कतारका सल्लाहाकार नरेन्द्र फगामी, पम्प सहयोग गर्ने बुद्धि बहादुर शाही, क री ५००/- र प्रथम पुरस्कारको कप सहयोग गर्ने सँस्थाका उपाध्यक्ष मिन नेपालि, बेस्ट प्लेयर र दोस्रो पुरस्कारको लागि कप प्रायोजन गर्ने अमृत श्रीपाली खेलाडीहरुलाई यातायात ब्यबस्थापन तथा भलिबल प्रयोजन गर्ने डम्बर थजाली र खेलको शुरु देखि अन्त्य सम्म अहोरात्र खटियर कार्यक्रमलाइ सफल पार्न बिशेष भूमिका निभाउनु हुने संस्थाका पदाधिकारीहरु, सदस्यहरु धन बहादुर बरुवाल, टिका कार्की, लगायत उपस्थित खेलाडी, शुभ चिन्तक अतिथि र दर्शकहरु सबैलाई बिशेष आभार प्रकट गर्दै यो जित संगै म्याग्दीले फेरी नयाँ इतिहास कोरेको र जितबाट निकै प्रफुल्लित रहेको बताएका रसाइलीले आगामी दिनमा पनी अझै सफलताको सुभकामना सहित खेलाडीलाई धन्यबाद दिएका थिय ।
मन्तब्यको क्रममा प्रमुख सल्लाकार नरेन्द्र फगामी ज्युले अत्यन्त संयमित र अनुसासित तबरले खेल प्रदर्सन गरेकोमा सहभागी सबै खेलाडीलाई धन्यबाद तथा बिजय दशमीको सुभकामना दिनु भएको थियो , कार्यक्रमको संचालन सँस्थाका सल्लाहकार हिमाल सुबेदीले गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै मोना कतारका कार्यबाहक अध्यक्ष चित्र बहादुर चोखालले यस्ता किसिमका हरेक खेलले लुकेको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने र सबै संघ सस्था र खेलाडीहरु संग पनि भाइचारा बढ्ने हुदा यस्ता किसिमका खेलहरुको आवस्यकता रहेको भन्दै निकै सफलता पुर्बक अनुशासित भएर खेल सम्पन्न गरेकोमा सम्पूर्ण रेफ्री,स्वयंसेबक लगायत आयोजक मोना कतार खेलकुद बिभाग र उपस्थित दर्शकहरुलाई हार्दिक आभार तथा बिजया दशमीको सुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend