साझा नेटवर्क
????????????????????????????????????
टोपलाल अर्याल, गुल्मी असोज १३ ।
बडादशैंको नवौं दिन आज घरघरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ ।
भगवान श्रीरामले रावणको बध गर्ने शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको रामायणमा वणिर्त छ । बर्षमा नौ दिन बिशेष पुजा गरिने इस्माकोतमा पनि थुप्रै दर्शनार्थीको भिड लाग्ने गर्छद ।
इस्मा गाउँपालिका अन्तरगतका रजस्थल, दोहली, दर्लामचौर, हस्तिचौर, छाप, अर्जे र अम्मरपुर लगायतका स्थानबाट दर्शन गर्नेहरु इस्माकोतमा पुग्ने गर्दछन् । घटस्थापनाकै दिनदेखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ ।
इस्माकोटमा इस्मा रजस्थलको चाँपटारीबाट ल्याइएको फुलपाती कोत घरमा भित्राउने चलन रहेको छ । फुलपाती भित्राउनु अघि इस्मा मैदानमा परम्परागत पट्टा नाच खेल्ने र मैदानकै खडग मन्दिरमा रहेका देवतालाई बाजागाजाका साथ माथी कोतघरमा भित्राइने मनकामना पुजा समितिका अध्यक्ष लक्ष्मण बिष्टले बताए ।
पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच लोप हुँदै गएको छ । साथै मैदानमा देखिने स्थानीयहरुको उत्साह पनि कम हुँदै गएको छ । प्रसिद्ध ऐतिहासिक, प्राचिन तथा धार्मिक स्थल इस्माकोतमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि बिजया दशमीको दिनसम्म तीन जना ब्राहमण, दुई जना क्षेत्री पुजारी कोत घरमा पस्ने प्रचलन रहेको छ ।
नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका पञ्चेवाजाका साथ दर्शनी बडाई गर्ने गरिन्छ । कोटघरमा सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष मेला लाग्ने गर्दछ । भने बिजया दशमीका दिन बिहान फुलपातीका दिन कोतघरमा लगिएका खड्ग देवतालाई पुन इस्मा मैदान ल्याएर सडग मन्दिरमा राखेपछि दशै सकिने मेला सम्बन्धि जानकार श्यामलाल अर्यालले बताए ।
एकादशीका दिन इस्मा मैदानमा सरायँ नाच देखाइन्छ । इस्मा क्षेत्रका माई मनकामना, उल्का, सिद्ध, काल भैरव, छत्रभुमि, सुन्तलादेवि, सुपा देउराली लगायतका स्थानमा दशै अवधिमा पुजा हुने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend