logo
  • शनिबार, असोज १० २०८३

लाहुरे तालिम व्यवसायि संघद्वारा बाढी पिडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुर्य चन्द, काठमाडौँ असोज १२।
ब्रिटिश तथा सिंगापुर आर्मीहरुमा भर्ति गराउने तालिम केन्द्रहरुको सस्था लाहुरे तालिम व्यवसायि संघ क्षेत्रीय समिति काठमाण्डौको आयोजनामा तथा क्षेत्रीय समिति पोखरा र केन्द्रीय समिति पोखराको सहयोगमा सस्थाको प्रतिनिधिहरु द्वारा विराटनगर महानगरपालिका वडा नं ४ जामुन गाछिमा रहेका ६० घर परिवारलाई बाढीपिडित राहत वितरण गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलि उक्त वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोख्रेल, वडा नं ५ का वडाध्यक्ष मिन कुमार आचार्य, कलाकार ममता प्रधान, जामुनेश्वर पुलचोक टोल विकास समितिका अध्यक्ष पिताम्बर पोखरेल, समाजसेवी मोहन प्रधान, पत्रकारहरु सन्जिव खनाल (उद्घोष), विक्रम निरौला (बिबिसी), अजित तिवारी (नागरिक) लाहुरे तालिम व्यवसायि संघका केन्द्रिय उपाध्यक्ष मनिराम राई , केन्द्रिय महासचिव राजेश पाख्रिन ,क्षेत्रिय समिति काठमाण्डौका अध्यक्ष श्याम तामाङको टोलिले उक्त क्षेत्रमा रहेका अति बिपन्न तथा बाढिपिडितहरुको पहिचान गरि उनीहरुलाई चाहिने अत्याबशक सामाग्री तथा ब्लाङ्केटहरु वितरण गरिएको थियो ।
बिगत लामो समय देखि सामाजिक कार्यमा समेत आफ्नो हात बढाउदै आएको लाहुरे तालिम व्यवसायि संघले भुकम्प पिडित देखि लिएर बाढीपिडित सम्म तथा अन्य अनाथ अपाङ्ग दिन दुखिहरुलाइ समेत सेवा तथा सहयोग गर्दै आएको छ । सस्थाका प्रतिनिधिहरु आफै पुगेर सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन ।
उक्त बाढीपिडित राहत वितरण कार्यलाई बिशेष सहयोग तथा साथ दिने लाहुरे तालिम व्यवसायि संघका केन्द्रीय अध्यक्ष मिनराज गुरुङ र पोखरा क्षेत्रका क्षेत्रिय अध्यक्ष गज बहादुर गुरुङलाई बिशेष धन्यबाद दिदै केन्द्रिय महासचिब राजेश पाख्रिनले सम्पूर्ण नेपालिहरुलाई हिन्दु नेपालीहरुको महान चाड बिजय दशमीको हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend